ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीमा विवाद सल्टाउनुपर्ने चौतर्फी दबाव संगै भारतीय ज्यादती बढ्दै(भिडियोसहित)


admin
मंसिर २४, २०७६ मंगलबार  ३ : १९ बजे

काठमाडौं, २४ मंसिर । लामो समयदेखि भारतले नेपाली सीमा मिचेको प्रसंग नौलो त होइन, तर पछिल्लो सयम यता नयां राजनीतिक नक्शा सार्वजनिक गरेपछि सीमा अतिक्रमणको वसह निकै तातेको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भु–भाग भएको भन्दै त्यसलाई फिर्ता गराउन सरकारी कुटनीतिक पहल हुनुपर्ने भन्दै आन्दोलन र दबाब जारी छ ।

सोमबार राजधानीमा नेपाल विद्यार्थी संघ एक कार्याक्रम गरेको छ । कार्यक्रमको मुख्य सन्देश भारतबाट अतिक्रमित सीमाको प्रश्न हो । चिनौं सिमाना जोगाऔं माटो भन्दै लिपुलेक कालापानी लगायतका मिचिएका भूमि फिर्ता गर्न दबाब दिइएको हो । देशका ७७ जिल्लामा चिनौं सिमाना जोगाऔं माटो अभियान सोमबारबाट सुरु भएको छ । अतिक्रमित नेपाली भूमि फिर्ताको लागि कुटनीतिक पहल गर्ने अनुकुल समय भएकोले सरकारले अबिलम्ब पहल लिनुपर्ने विद्यार्थी नेताहरुले बताएका छन् ।प्छिल्लो तथ्यांक अनुसार ७१ भन्दा बढी स्थानमा भारतले सीमा अतिक्रभमण गरेको छ । लामो राजनीतिक अस्थिरताको मौकामा भारतीय शासकहरुले नेपाली भूमिमाथि आंखा लगाउदै आएका हुन् । २०४६ सालको कालखण्डलाई नियाल्यो भनेपनि शासनसत्तमा पुगेकाहरुले खासै जांगर देखाएको पाइदैन । तर, पछिल्लो समयता भारतीय ज्यादती विरुद्ध नेपाली समाज एकढिक्का भएको छ । सीमा रक्षाको पक्षमा दृढ भएको यो सबै भन्दा सुनौलो अवसर हो, यसर्थ सरकारले सीमा विवाद सल्टाउनुपर्ने चौतर्फी दबाव छ।

नेपालसंग पर्याप्त प्रमाण छ । ऐतिहासिक दस्ताबेजहरुले बोलिरहेका छन् । तर घरेलु राजनीतिक किचलोको मौका छोपी भारतीय ज्यादती बढको हो । तर, यतिबेला मुलुकमा स्थिर राजनीति मात्रै छैन बलियो सरकार छ । पछिल्लो चरणमा कुटनीतिक क्षमतामा पनि केहि सुधार भएको छ । विश्व अर्थराजनीतिमा नेपाल शक्ति राष्टहरुको ध्यानाकर्षण समेत भएको बेला सीमा अतिक्रम सुल्झाउन सकिने मौका हो । यसर्थ सरकारले ऐतिहासिक तथ्यले प्रमाणका आधारमा अतिक्रमणको प्रश्नको हल गर्नुपर्ने सुझाव छ । सरकारले अतिक्रमित सीमाको सवालमा समाधान खोज्नको लागि मुलुकभरका राजनीतिक शक्ति मात्रै होइन, आम नेपालीले साथ दिएका छन् । छिमेकीको हेपाह प्रवृत्तिको कुटनीतिक माध्यमबाट हल गर्न चौतर्फी दबाब छ । यो अनुकुल समयमा सीमा अतिक्रमण सुल्झाउन सरकारले अब ढीला गर्नुहुदैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि १८ गतेसम्म चुनावी प्रचार गर्न पाइने, आचारसंहिता पालना गर्न आयोगको निर्देशन

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com