पोखरा, १७ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद सागको महिला फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ ।
मंगलबार पोखरामा भएको पहिलो खेलमा नेपालले श्रीलंकालाई १–० गोल अन्तरले हराउदैआफ्नो विजयी यात्रा सुरु गरेको हो । पोखरा रंगशालामा भएको खेलमा नेपालका लागि दोस्रो हाफको अन्त्यतिर सरु भण्डारीले अनिता केसीको पासमा निर्णायक गोल गरिन् ।
प्रतिक्रिया दिनुहोस्