बागलुङ , १७ मंसिर । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ घोपर्नामा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
गुल्मीको तम्घासबाट बुर्तिबाङ आउँदै गरेको ग १ ज ५२१९ नम्वरको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले जानकारी दिनुभयो ।
गुल्मीको इस्माबाट कुलपूजाका लागि बागलुङको निसिखोला आउँदै जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्ट जानकारी दिनुभयो । जीपमा रहेका मध्ये नौ महिला, चार पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो । अन्य तीन जनालाई उद्धार गरी उपचारका लागि बुर्तिवाङ पठाइएको छ । उद्धार कार्य जारी छ ।
प्रतिक्रिया दिनुहोस्