ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालयको शौचालयमा दिवा खाजाको भान्सा (भिडियोसहित)


admin

 

दाङ,१२ मंसिर । दाङको एक विद्यालयमा कोठा अभावको कारण देखाउंदै दिवा खाजा कार्यक्रम शौचालय भवनमा पकाउने गरिएको छ । विद्यार्थी बढेको तर कोठा नभएको भन्दै शान्तिनगर अमुवामा रहेको अम्बिकेश्वरी आभारभूत विद्यालयले शौचालयलाई भान्सा कोठा बनाएको हो ।

दाङको शान्तिनगर २ अमुवामा रहेका अम्बिकेश्वरी आधारभुत विद्यालयमा शिशु कक्षादेखी कक्षा ८ सम्म पढाई हुन्छ । विद्यालयमा विद्यार्थी नियमित रुपमा पढ्न आउन भनेर विद्यालयले दिवा खाजा कार्यक्रम संचालन गरिरहेको छ । खाजा कार्यक्रम संचालनका लागि स्थानीय गाउँपालिकाले सहयोग पनि गरेको छ । तर, विद्यालयमा भने खाजा बनाउनका लागि भान्सा कोठाको अभाव छ । पकाउने ठाउंको अभाव भएपछि विद्यालयले शौचालयलाई भान्छा कोठाको विकल्प बनाइएको छ । शौचालयलाई बन्द गरी त्यसलाई भान्सा कोठा बनाउन विद्यालय बाध्य भएको छ ।

यता गाउँपालिकाले भने अम्बिकेश्वरीमा मात्र नभई गाउँपालिका भित्रका अन्य विद्यालयहरुमा पनि शिक्षक अभाव भएको जनाएको छ । त्यसैगरी गाउँपालिका भित्र धेरै विद्यालयलाई भवन अभाव भएको गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख घनश्याम वलीले जानकारी दिए । गत बर्ष अम्बिकेश्वरी विद्यालयलाई २ कोठाको भवन दिएको भन्दै दिवा खाजा कार्यक्रमलाई शौचालयमा पकाएर खुवाउनु गलत भएको उनले जिकिर गरे । दिवा खाजाको भान्सा शौचालयबाट अनेत्र व्यवस्थापन गर्न आग्रह गर्ने वलीले बताए । करिब २५० जना विद्यार्थी रहेको उक्त विद्यालयमा कक्षा कोठा अभावको कारण एउटा कोठालाई दुई भाग गरी कक्षा संचालन गर्दै आएको विद्यालयका प्रधानाध्यापक अब्दुल गफार मियाँले बताउंछन् । यस बर्षको शैक्षिक सत्रदेखी विद्यालयमा कक्षा ५ सम्म अग्रेजी माध्यमवाट पढाई शुरु गरेपछि गतबर्षको तुलनामा विद्यार्थी संख्या बढेको छ । जसका कारण पनि कक्षा कोठाको अभाव भएको प्रधानध्यापक मियाँले जिकिर गरे ।

२०६८ सालदेखी विद्यालयका पढाउँदै आएका शिक्षक रेशम खड्काले विद्यालयमा धेरै समस्या भएको बताउंछन् । शुरुमा आउँदा भवन लगाएत अन्य धेरै समस्या रहेकोमा अहिले केही क्रमिक रुपमा सुधार भए पनि अझै धेरै समस्या हल गर्न बांकी रहेको खड्का बताउंछन् ।
विद्यालयलाई कक्षा संचालन गर्न ११ वटा कक्षा कोठा आवश्यक पर्छ । पटक–पटक गाउँपालिकामा विद्यालयको समस्याको बारेमा जानकारी गराएको भएता सुनुवाई भएको छैन । विद्यालयलाई ४ वटा कोठाको आवश्यक छ । गत बर्ष २ वटा गाउँपालिकाले दिएको थियो तर त्यो अपुग भएको प्रधानध्यापक मियां बताउंछन् । कक्षा ८ सम्म पढाई हुदै आएको विद्यालयमा निमावि तहको कुनै पनि दरबन्दी नहुदाँ प्रा.विको तहका ४ जना दरबन्दी शिक्षक र ४ जना निजी श्रोतका शिक्षकहरुले पढाउँदै आएकन छन् । विद्यालयले शिशु कक्षा, एल.केजी, युकेजी कक्षा १ गरी कक्षा संचालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com