ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समानुपातिकमा महिला उम्मेद्वारको सङख्या सन्तोषजनक


admin
कार्तिक २१, २०७४ मंगलबार   १२ : ०१   बजे

काठमाण्डौं , २१ काक्तिक । आसन्न प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष्ँतर्फमा कम देखिएका महिला उम्मेदवारको संख्या समानुपातिकतर्फ भने सन्तोषजनक देखिएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ जम्मा ६ हजार ९४ जना उम्मेद्वारको नाम बन्दसूचीमा परेको छ । जसमा ३ हजार ६ सय ४३ जना महिला उम्मेद्वारहरु रहेका छन् । प्रत्यक्षतर्फ भने कुल ४ हजार ७ सय ४३ उम्मेदवारी रहकोमा प्रतिनिधिसभाका लागि १ सय ३६ र प्रदेशसभाका लागि २ सय २८ जना मात्र महिलाको उम्मेदवारी रहेको छ ।

आगामी मंसिर १० र २१ गते सम्पन्न हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारमा महिलाको संख्या सन्तोषजक रहेको छ । समानुपातिकतर्फ कुल ६ हजार ९४ उम्मेदवार रहेकोमा ३ हजार ६ सय ४३ महिला छन् । यो पुरुष उम्मेद्वारको तुलनामा ६ सय ९२ बढी हो । यो पुरुषको तुलनामा ११ दशमलव ३६ प्रतिशतले बढी हो । कुल उम्मेद्वारमध्ये ५९ दशमलव ७८ प्रतिशत महिला र ४८ दशमलव ४२ प्रतिशत पुरुष उम्मेदवार छन् ।
त्यसैगरी समानुपातिक तर्फको कुल उम्मेद्वारमा १ हजार ७ सय १४ जना आदिवासी जनजाति उम्मेद्वारको बन्दसूचीमा परेको छ । यो कुल संख्याको २८ दशमलव १३ प्रतिशत हो । जहा“ पुरुष ७ सय ८३ र महिलाबाट ९ सय ९३१ जना रहेका छन् ।

निर्वाचन आयोगका अनुसार खस आर्य समूहबाट पनि पुरुषभन्दा महिलाहरुको उम्मेद्वारी २ दशमलव १४ प्रतिशतले बढी रहेको छ । समानुपातिकतर्फमा खस आर्यहरुको उम्मेदवारी ३० दशमलव ५९ प्रतिशत रहेको छ । जहा“ ८ सय ६७ पुरुष र ९ सय ९७ जना महिला रहेका छन् ।
दुई चरणमा हुने निर्वाचनका लागि दलित समुदायबाट जम्मा ८ सय ३८ जना उम्मेद्वार रहेका छन् । जसमा पुरुषको ३ सय ४२ र ४ सय ९६ महिला रहेका छन् । यो कुल संख्यामा १३ दशमलव ७५ प्रतिशत हो ।

अन्य समुदायमा पुरुषको तुलनामा महिला उम्मेदवार बढी भएजस्तै मधेसी र मुस्लिम समुदायमा पनि महिलाहरुको संख्या बढी रहेको छ । निर्वाचनको कुल उम्मेदवारमध्ये १६ दशमलव ७० प्रतिशत मधेशी सुदायका उम्मेदवार रहेका छन् । जहा ४ सय ५५ पुरुषबाट र ५ सय ६३ महिला उम्मेदवार रहेका छन् ।
मुस्लिम समुदायमा भने पुरुषको तुलनामा महिला उम्मेदवार झण्डै दोब्बर नै छ । कुल उम्मेदवारमा ३ दशमलव ९ प्रतिशत मुस्लिम समुदायका रहेका छन् । जसमा ८१ जना पुरुष र १ सय ५७ जना महिला रहेका छन् ।

समानुपातिक तर्फको कुल उम्मेदवारमा ६ दशमलव ८९ प्रतिशत थारु उम्मेदवार रहेका छन् । जहा“ पुरुष १ सय ५८ र महिला २ सय ६२ जना रहेका छन् ।
अपाङ्गता भएका उम्मेदवारको हकमा भने पुरुषभन्दा महिला उम्मेदवारको संख्या ० दशमलव ७ प्रतिशतले कम रहेको छ । जहा“ १ सय ५८ पुरुष र १ सय १५ जना महिला रहेका छन् । यस निर्वाचनमा ४ दशमलव ४८ प्रतिशत अपाङ्गता भएकाहरुको उम्मेदवारी परेको छ ।
दुवै चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ कुल ४ सय ५ जना महिला रहेकोमा समानुपातिकतर्फ भने ३ हजार ६ सय ४३ जना छन् । प्रत्यक्ष्ँ निर्वाचनमा उठ्दा बढी नै तडगभडग गर्नुपर्ने र त्यसका लागि आर्थिक हिसाबले महिला कमजोर हुने भएकाले गर्दा पनि समानुपातिकतर्फ महिलाको उम्मेद्वारी बढेको हो भन्ने केहीको बुझाई रहेको छ । देशमा हुने गरेको ऐतिहासिक निर्वाचनहरुमा सबै राजनितिक दलले मुख्य–मुख्य पदमा वा ं प्रत्यक्ष्ँमा पुरुषलाई नै उम्मेदवार बनाउने गरेको र अन्य पद वा समानुपातिकतर्फ महिलालाई दिंदा पनि हुन्छ भन्ने मानसिकताले पनि यसो हुन गएको हो । यद्यपि, आफ्नो योग्यता र दक्ष्ँतालाई तिखार्दै राष्ट्रिय राजनीतिमा महिलाले अझैं संघर्ष गर्नु नै छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ट्रम्पको स्वास्थ्य रिपोर्ट सार्वजनिक: दैनिक ३ औषधि सेवन, तौल घटाउन डाक्टरको सुझाव

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

भारतमा रवि लामिछानेले नेपालीसँग अन्तर्क्रिया गर्ने

नयाँ कर प्रणालीले विद्युतीय गाडीको मूल्य ४० लाखसम्म बढ्ने

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group