ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल–भारत सीमा : कालापानी र लिपुलेकसहित ७१ स्थानमा मुख्य विवाद (भिडियोसहित)


admin
कार्तिक २२, २०७६ शुक्रबार  १ : ३१ बजे

काठमाडौं २२ कात्तिक । सन १८१६ को सुगौली सन्धी अनुसार भारतले सिमाना मिचेर सन्धी उलंघन गरेको छ । कालापानी र लिपुलेकसहित नेपाल–भारत सीमाका ७१ स्थानमा विवाद छ। भारतस“ग जोडिएका २६ मध्ये २३ जिल्लामा सीमा समस्या ज्यूत्यूको छ। डडेल्धुरा, बैतडी र धनुषामा मात्र सीमा अतिक्रमणका घटना देखिएका छैनन्। दार्चुलादेखि ताप्लेजुङसम्म गरी भारतले ६० हजार ६ सय २७ हेक्टर मिचेको छ। नेपाल र भारतबीच १ हजार ८ सय ५० किलोमिटर सीमा जोडिएको छ। त्यसमध्ये ६ सय ६ किलोमिटर विवादित छ। सन् १८५६ पछि भारतले सीमा मिच्न थालेको हो। सुगौली सन्धिअनुसार काली नदी सीमा हो। भारतले ३० किलोमिटरपूर्व कृत्रिम नदी बनाई त्यसलाई ‘काली’ भन्न थालेको हो ।

खास कालीलाई कुटियन्ती नामाकरण गरेको छ । दक्षिण एशियामा बिस्तारवादी चरित्र प्रदर्शन गर्दै आएको भारतल नेपालको सामरिक क्षेत्र कालापानी, लिपुलेक र लिम्पियाधुरा उता परेको देखाएको छ । कालापानी र लिपुलेकको स्वामित्व नेपालले दाबी गर्दै नआएको पनि होइन, शासक तहमा गाम्भिर्यता देखाइएको छैन अहिलेसम्म । तर नागरिक तहमा सीमा रक्षाको विषयमा सडक तात्दै आएको पनि छ । अहिले लिपुलेक, कालापानी र लिम्यिाधुरा भारतीय नक्शामा आधिकारिक रुपमा गाभिएपछि सडक तातेको छ । कालापानी, लिपुलेकको ६२ वर्ग्किलोमिटर क्षेत्रफल छ। ३१० वर्ग्किलोमिटर लिम्पयाधुरा क्षेत्रको कब्जा गरेको छ। कालापानीपछि सुस्ता क्षेत्र बढी समस्याग्रस्त छ। भारतले त्यहा“को १४ हजारभन्दा बढी हेक्टर जमिन मिचेको छ। हलसम्म भारतले ६० हजार बढी हेक्टर नेपाली भूमि मिचेको छ ।

कालापानी र लिपुलेकमात्र होइन, देशभर जम्मा ७१ ठाउँमा सिमा विवाद रहेको छ । भारतसँग सिमा जोडिएका २६ जिल्लाहरुमध्ये २३ जिल्लामा सीमासम्बन्धी समस्याहरु रहेका छन् । डँडेल्धुरा, बैतडी धनुषामा हालसम्म सीमा समस्या देखिएको छैन । त्यसबाहेक दार्चुलादेखि ताप्लेजुङसम्म गरी भारतले ६० हजार ६ सय २७ हेक्टर मिचेको छ । नेपाल र भारतबीच १ हजार ८ सय ५० किलोमिटर सीमा जोडिएको छ । त्यसमध्ये ६ सय ६ किलोमिटर विवादित छ बनेको छ ।सन् १८५६ पछि भारतले सीमा मिच्न थालेको हो । सुगौली सन्धिअनुसार काली नदी नेपाल भारतको सीमा हो । भारतसंग सिमाना जोडिएका २३ जिल्लाहरु भारतीय सीमाको प्रसंगमा विवाद छ । सीमा जोडिएका २३ जिल्लामा भारतले सिमा मिच्दै आएको छ । सन्धीलाई उलंघन गर्दै भारतले लामोसमयदेखि सीमा अतिक्रमण गरेपनि नेपाली शासकहरुले समाधान गर्न पहल गरेनन् ।

शासकहरु सधै भारतीय शासकलाई रिझाउने र सत्ता टिकाउनमै तल्लीन भएर र भारतको मिचाह प्रवृत्ति अझै कायम छ । कालापानी लिपृुलेक र लिम्यिाधुरालाई भारतीय नक्शामा गाभेको प्रसंग नया“ होइन। तर ५७ वर्षपछि औपचारिक रुपमा भारतीय नयां नक्शामा गभिएपछि यो प्रसंगमा नेपाली राजनीति तातेको हो । यही तातेकै मौकामा सरकारले कुटनीतिक प्रयासबाट समाधान गर्न सक्नुपर्छ ।
विगतको नजिर दोहो¥उदै भारतीय शासकका अघि नेपाली शासकहरु खुट्टा कमाए भने भारतीय शासकको मिचाह प्रवृत्ति झनै बढ्ने छ । यसतर्फ वर्तमान शक्तिशाली सरकारले कस्तो पहलकदमी लिन्छ । त्यो हेर्न भने बांकी नै छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com