काठमाडौं २२ कात्तिक । सन १८१६ को सुगौली सन्धी अनुसार भारतले सिमाना मिचेर सन्धी उलंघन गरेको छ । कालापानी र लिपुलेकसहित नेपाल–भारत सीमाका ७१ स्थानमा विवाद छ। भारतस“ग जोडिएका २६ मध्ये २३ जिल्लामा सीमा समस्या ज्यूत्यूको छ। डडेल्धुरा, बैतडी र धनुषामा मात्र सीमा अतिक्रमणका घटना देखिएका छैनन्। दार्चुलादेखि ताप्लेजुङसम्म गरी भारतले ६० हजार ६ सय २७ हेक्टर मिचेको छ। नेपाल र भारतबीच १ हजार ८ सय ५० किलोमिटर सीमा जोडिएको छ। त्यसमध्ये ६ सय ६ किलोमिटर विवादित छ। सन् १८५६ पछि भारतले सीमा मिच्न थालेको हो। सुगौली सन्धिअनुसार काली नदी सीमा हो। भारतले ३० किलोमिटरपूर्व कृत्रिम नदी बनाई त्यसलाई ‘काली’ भन्न थालेको हो ।
खास कालीलाई कुटियन्ती नामाकरण गरेको छ । दक्षिण एशियामा बिस्तारवादी चरित्र प्रदर्शन गर्दै आएको भारतल नेपालको सामरिक क्षेत्र कालापानी, लिपुलेक र लिम्पियाधुरा उता परेको देखाएको छ । कालापानी र लिपुलेकको स्वामित्व नेपालले दाबी गर्दै नआएको पनि होइन, शासक तहमा गाम्भिर्यता देखाइएको छैन अहिलेसम्म । तर नागरिक तहमा सीमा रक्षाको विषयमा सडक तात्दै आएको पनि छ । अहिले लिपुलेक, कालापानी र लिम्यिाधुरा भारतीय नक्शामा आधिकारिक रुपमा गाभिएपछि सडक तातेको छ । कालापानी, लिपुलेकको ६२ वर्ग्किलोमिटर क्षेत्रफल छ। ३१० वर्ग्किलोमिटर लिम्पयाधुरा क्षेत्रको कब्जा गरेको छ। कालापानीपछि सुस्ता क्षेत्र बढी समस्याग्रस्त छ। भारतले त्यहा“को १४ हजारभन्दा बढी हेक्टर जमिन मिचेको छ। हलसम्म भारतले ६० हजार बढी हेक्टर नेपाली भूमि मिचेको छ ।
कालापानी र लिपुलेकमात्र होइन, देशभर जम्मा ७१ ठाउँमा सिमा विवाद रहेको छ । भारतसँग सिमा जोडिएका २६ जिल्लाहरुमध्ये २३ जिल्लामा सीमासम्बन्धी समस्याहरु रहेका छन् । डँडेल्धुरा, बैतडी धनुषामा हालसम्म सीमा समस्या देखिएको छैन । त्यसबाहेक दार्चुलादेखि ताप्लेजुङसम्म गरी भारतले ६० हजार ६ सय २७ हेक्टर मिचेको छ । नेपाल र भारतबीच १ हजार ८ सय ५० किलोमिटर सीमा जोडिएको छ । त्यसमध्ये ६ सय ६ किलोमिटर विवादित छ बनेको छ ।सन् १८५६ पछि भारतले सीमा मिच्न थालेको हो । सुगौली सन्धिअनुसार काली नदी नेपाल भारतको सीमा हो । भारतसंग सिमाना जोडिएका २३ जिल्लाहरु भारतीय सीमाको प्रसंगमा विवाद छ । सीमा जोडिएका २३ जिल्लामा भारतले सिमा मिच्दै आएको छ । सन्धीलाई उलंघन गर्दै भारतले लामोसमयदेखि सीमा अतिक्रमण गरेपनि नेपाली शासकहरुले समाधान गर्न पहल गरेनन् ।
शासकहरु सधै भारतीय शासकलाई रिझाउने र सत्ता टिकाउनमै तल्लीन भएर र भारतको मिचाह प्रवृत्ति अझै कायम छ । कालापानी लिपृुलेक र लिम्यिाधुरालाई भारतीय नक्शामा गाभेको प्रसंग नया“ होइन। तर ५७ वर्षपछि औपचारिक रुपमा भारतीय नयां नक्शामा गभिएपछि यो प्रसंगमा नेपाली राजनीति तातेको हो । यही तातेकै मौकामा सरकारले कुटनीतिक प्रयासबाट समाधान गर्न सक्नुपर्छ ।
विगतको नजिर दोहो¥उदै भारतीय शासकका अघि नेपाली शासकहरु खुट्टा कमाए भने भारतीय शासकको मिचाह प्रवृत्ति झनै बढ्ने छ । यसतर्फ वर्तमान शक्तिशाली सरकारले कस्तो पहलकदमी लिन्छ । त्यो हेर्न भने बांकी नै छ ।
प्रतिक्रिया दिनुहोस्