ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तपुर काँग्रेस र एमालेमा बागी उम्मेदवार


admin

भक्तपुर, १७ कात्तिक ।  भक्तपुरको प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस र वाम गठबन्धनका आधिकारिक उम्मेदवार बिरुद्ध बागी उम्मेदवार खडा भएका छन् ।
आसन्न दोस्रोचरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि हिजो बिहीबार उम्मेदवार मनोनयन दर्ता गर्ने क्रममा बागी उम्मेदवार दुबै दलका आधिकारिक उम्मेदवार विरुद्ध अर्का उम्मेदवार खडा भएका हुन्

भक्तपुरको निर्वाचन क्षेत्र नं १ को प्रदेश नं १ (क) चाँगुनारायणमा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका डिपी (देवीप्रसाद) ढकालले उम्मेदवारी दर्ता गराउनुभयो । वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएको भन्दै एमाले र (माओवादी केन्द्र)का नेता एवं दलका झण्डा बोकेर ¥यालीसहित आएका थिए ।
त्यसको आधा घण्टा पछि एमालेको केन्द्रीय नेता एवं कार्यकर्ताको जुलुसको नेतृत्व गर्दै पार्टीको झण्डा लिएर आफू आधिकारिक उम्मेदवार भएको भन्दै एमाले जिल्ला सचिव हरिशरण लामिछानेले निर्वाचान कार्यालयमा आएर उम्मेदवारी दर्ता गराउनुभयो ।

वाम गठबन्धनको तर्फबाट आफूले टिकट पाएको भन्दै ढकालले आफै आधिकारिक उम्मेदवार भएको दाबी गर्नुभयो भने एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको टिकट ल्याएका लामिछानेले आफू नै आधिकारिक उम्मेदवार भएको दाबी गर्नुभयो ।

वामगठबन्धन भए पनि यस क्षेत्रमा दुबै पार्टीको उम्मेदवारी परेपछि विवाद सिर्जना भएको छ । यता नेपाली काँग्रेसमा पनि यस्तै समस्या आएको छ । भक्तपुर निर्वाचन क्षेत्र नं २ को प्रदेश नं १ (क) सूर्यविनायकमा नेपाली काँग्रेसका जिल्ला सचिव उद्धव सिलवालले दलबल र ¥यालीसहित उम्मेदवारी दर्ता गराउनुभयो ।

त्यसको आधाघण्टापछि पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई टिकट दिएकाले आफै आधिकारिक उम्मेदवार भएको बताउँदै काँग्रेसका युवा नेता अंगद खड्काले उम्मेदवारी दर्ता गराउनुभयो । उहाँको उम्मेदवारी परेसँगै काँग्रेस वृत्तमा तरंग पैदा भएको छ ।

सिलवाल भन्नुहुन्छ—“पार्टीले मलाई नै टिकट दिएको छ, त्यसैले काँग्रेसको आधिकारिक उम्मेदवार म हुँ, खड्काले कसरी टिकट पाउनुभयो मलाई थाहा छैन, उहाँको टिकट नै फर्जी हुनसक्छ ।” यता खड्काको दाबी पनि यस्तै नै छ । उहाँ भन्नुहुन्छ—“पार्टी सभापति शेरबहादुर देउवाले नै मलाई टिकट दिनुभएको हो, सिलवालजीले कहाँबाट टिकट ल्याउनु भो मलाई थाहा छैन, काँग्रेसको आधिकारिक उम्मेदवार मै हुँ ।” काँग्रेस र वाम गठबन्धनमा छुटृाछुटृै क्षेत्रमा बागी उम्मेदवार खडा भएपछि परेपछि तरंग र विवाद सिर्जना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचनको विकल्प सोच्ने ठाउँ छैन, प्रत्यक्ष कार्यकारीले नै मुलकमा स्थायित्व कायम गर्छ – डा. खिमलाल देवकोटा(भिडियो)

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

वडाध्यक्षको गोली प्रहार गरी हत्या

निर्वाचनको विकल्प सोच्ने ठाउँ छैन, प्रत्यक्ष कार्यकारीले नै मुलकमा स्थायित्व कायम गर्छ – डा. खिमलाल देवकोटा(भिडियो)

विश्व मधुमेह दिवस २०८२ (World Diabetes Day 2025 AD)

प्रहरी महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न

‘कुरा काटेको निहु’मा एकल महिलालाई पाँच लाख जरिवाना, पेमाले गाउँ छाडिन्

सवै कम्युनिस्ट शक्तिलाई समेटेर अघि बढ्छौ – चिरन पुन नेता नेपाली कम्युनिष्ट पार्टी (भिडियो सहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com