ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाल्पा संग्राहलय : सामाग्री संरक्षण अभावमा अलपत्र बन्दै (भिडियोसहित)


एबीसी न्यूज
श्रावण ११, २०७६ शनिबार   २ : ५३   बजे

काठमाडौं, ११ साउन । तपाईले हातले दम दिएर बज्ने फोनबाजा देख्नु भएको छ ? के तपाईले खुट्टाले हावा दिएर बज्ने हार्मोनियम देख्नुभएको छ ? कुनैबेला हातले हेण्डल घुमाएर परिक्षामा प्रश्नपत्र छापिन्थ्यो भन्ने कुरा के तपाईलाई थाहा छ ? हाम्रा पुर्वजले प्रयोग गरेका र हाम्रा बिगतले भोगेका प्रायः सबै सामाग्रीहरुको सङ्गालो यतिबेला स्थायी बास नपाएर बास खोज्दै हिंडिरहेको छ ।

यो कथा हो पाल्पाको एउटा संग्रालयको । ५ वर्ष पहिले पाल्पाका केहि हातहरु संग्रालय खोल्ने भन्दै घरघरमा पुराना भएका, फालिएका वा काम नलाग्ने अवस्थामा पुगेका सामाग्रीहरु संकलन गर्दै हिड्न थाले । कतै उनीहरुले मागेर संकलन गरे, केहि आ–आफनो खल्तीबाट पैसा निकालेर किनेर संकलन गरे । उनीहरुले करिव ६ महिनाको अवधीमा जुद्ध शमसेरको शयन गर्ने खाटदेखि दम दिएर बज्ने फोन बाजाहरुसम्म संकलन गर्न सके ।पाल्पाको तानसेन पुगेपछि तानसेन गुल्मी सडकमा अवस्थित क्याम्पस अगाडीबाट एउटा सानो सांघुरो गल्लीको ओरालो लागेपछि जिर्ण घरमा रहेको पाल्पा संग्रालय पुग्न सकिन्छ । तानसेनको बन्द बिद्यालय भवनमा थन्कीएको संग्रालयका सामग्रीहरुले नेपाली जनवनको बिगतलाईजस्ताको तस्तै उतार्न सक्दछ । महिलाहरुले माईत जांदा रोटि बोक्ने सोली होस् या पुर्वजहरुले घरको सुरक्षाका लागि ढोकोमा लगाउने भोटे टाल्चा, सम्पत्ती लुकाउने मदुस होस् वा हेण्डल घुमाएर अक्षर छापिने लिथो मसिन । संग्रालयमा जस्ताको तस्तै सजाईएको छ ।

सायद राज्यले बिभिन्न स्थानमा ठूलो धनराशी खर्च गरेर संचालन गरेको संग्रालयहरुमा यस्ता जिवन्त इतिहास होलान वा नहोलान ? तर सम्पदा प्रतिष्ठान नेपाल नामको एउटा संस्थाले संचालन गरेको संग्रालयमा हाम्रो जीवित इतिहासलाई संरक्षण गरिएको छ । स्थानीयबासीको आफ्नै पौरखले स्थापना गरिएको संग्रालय यतीबेला बिरालोले बच्चा सारे जस्तै गरि पटक पटक घर सर्दै चलिरहेको छ । त्यसो त पाल्पा दरबारलाई राज्यले संग्रालयकै रुपमा बिस्तार गर्ने प्रयत्न समेत गरेको छ, तर तानसेनमा संचालनमै रहेको ऐतिहासिक संग्रालयमा भने राज्यको ध्यान पुग्न सकेको छैन । पाल्पा दरबार संग्रालय खोल्न राज्यको करोड बढी खर्च भई सकेको छ, । राज्यले दरबार संग्रालयमा जुटाएका सामाग्री भन्दा पाल्पा संग्रालयमा राखिएका समाग्री ऐतिहासिक छन् । गत बैशाखदेखि सर्वसाधारणका लागि राज्यले संचालनमा ल्याएको दरबार संग्रालय खुला गरिएको छ । तर, पाल्पा संग्रालयको खोल्ने निश्चित समय छैन । हेर्न ईच्छुक सर्वसाधारण जांदा संग्रालयको ढोका प्रायः बन्द हुने गरेको छ ।

संग्रालयको ब्यवस्थापनको शुभ चिन्ता ब्यक्त गर्दै हामीसंग तानसेन पुगेका उद्योगी नवराज श्रेष्ठ संग्रालयको ब्यवस्थापन गर्न राज्यले पाल्पा संग्रालयलाई अपनत्व प्रदान गर्नुपर्ने बताउंछन् । संग्रालय स्थापना गर्न संचालकहरुले ५० लाख बढी खर्च गरिसकेको बताएकाछन् । संग्रालय संचालन गर्नकै लागि उनीहरुले ऋण समेत बोकेका छन् । संग्रालय संचालनका सुरुका बर्षमा त केहि संघसंस्थाहरुले सहयोग पनि गरेका थिए, तर यतीबेला संग्रालय उपयुक्त स्थान तथा नियमीत सरसफाईको अभावमा धुलो मैलो र माकुराका जालले छोपिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

नेकपाको केन्द्रीय कमिटी बैठक नवस्दा सदस्य नै भुमिका विहिन बनेको गुनासो (भिडियोसहित)

जनकपुर अंचल आयुर्वेद औषधालयका कार्यालय प्रमुखकै मिलेमतोमा व्यापक अनियमितता (भिडियोसहित)

नेपालमा सडक दुर्घटना हुनुका प्रमुख कारणमा सडकको प्राविधिक अवस्था, चालकको लापरवाही (भिडियोसहित)

बाँकेको आधुनिक बसपार्क सम्पन्न नहुँदा यात्रुदेखि स्थानीयसम्मलाई सास्ती ( भिडियाेसहित)

रुपन्देहीको बेलबासबाट चरेस पक्राउ

नक्कली हार्पीक बनाउने गिरोह पत्ता लाग्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group