ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनकपुर अंचल आयुर्वेद औषधालयका कार्यालय प्रमुखकै मिलेमतोमा व्यापक अनियमितता (भिडियोसहित)


abc

काठमाडौं, ९ भदौ ।   जनकपुर अंचल आयुर्वेद औषधालयका कार्यालय प्रमुख डा. सिमा झाकै मिलेमतोमा व्यापक अनियमितता भएको पाइएको छ । औषधालयमा आर्थिक वर्ष २०७५/०७६ मा औषधी सहित कार्यालय प्रयोजनका लागि खरिद गरेको सामानमा समेत व्यापक चलखेल भएको हो ।

समाजिक विकास मन्त्रालयले औषधालयलाई सुविधा सम्पन्न बनाउन ससर्त अनुदान अन्तर्गत प्रदान गरेको ५० लाख, ५ लाख ९२ हजार र तीन लाख ६१ हजार गरी ५९ लाख ५३ हजार रकम मध्ये कार्यालय व्यवस्थापन, फर्निचर, मेसिनरी उपकरण लगायत शिर्षकमा समान खरिद नगरी बजेट सिध्याएको छ ।

स्पतालको फर्निचर खरिदका लागि मन्त्रालयले ५ लाख, मेसिनरी उपकरणमा ५ लाख, प्रयोगशाला व्यवस्थापनका लागि ४ लाख ५० हजार, स्थास्थ्य जीवनशैलीका लागि ३ लाख, बिरामी सुताउने बेडका लागि २ लाख, क्षारसुत्र व्यवस्थपनका लागि ३५ लाख र युएसजी मेसिनकालािग १९ लाख रकम निकासा गरिएको थियो ।

तर निकासा गरिएको कतिपय बजेट कार्यालयले कामै नगरी भ्रष्टाचार गरेको तथ्य फेला परेको हो । गत वर्षसम्म औषधालय जनकपुरधाम उपमहानगरपालिकाको अधिनमा रहँदा आएको बजेट कामै नगरी सकिउको थियो । उपमहानगरपालिका र औषधालय कार्यालय प्रमुख कार्यालय सञ्चालन एवं व्यवस्थापनका लागि २ लाख ५६ हजार रुपैयाँ केही काम नगरी भ्रष्टाचार गरेको कर्मचारी बताउ“छन् ।

उपमहानगरपालिकाले फर्निचर खरिदका लागि दुईपटक ९९ हजार ४ सय ४० र ४० हजार बजेट दिएको थियो । तर, यो रकम बराबरको कुनै पनि फर्निचर कार्यालयमा नआएको कर्मचारीहरु नै बताउँछन् । फर्निचर खरिदको नाममा उपमहानगरपालिका –८ मा रहेको जय मां लक्ष्मी फर्निचर उद्योगलाई दिए पनि हालसम्म उक्त रकमको फर्निचर कार्यालयमका आएको छैन ।

फर्निचर खरिद शीर्षकमा प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयलेसमेत पाँच लाख रकम उपलब्ध गराएको थियो । मन्त्रालयले उपलब्ध गराएको ५ लाख रकमबाट मात्र दुई वटा सोफा खरिद गरिएको छ । यस्तै, प्राकृतिक जडिबुटि औषधि उपभोगलाई बिलको भुक्तानी स्वरुप ४९ हजार ९ सय २० रुपैयाँ भुक्तानी दिइएको छ । तर, कार्यालयले खर्च गरेको बजेट अनुसारले कार्यालयमा समाननै छैन ।

औषधालयका प्रमुख डा. सिमा झाका श्रीमान सरोज राय यादवले संचालन गरेको औषधि पसलबाट नै अस्पतालले विभिन्न मितिमा औषधिहरु खरिद गरेको छ ।

अस्पतालले औषधि खरिदका लागि निकालेको कोटेशनमा उनले आफनो श्रीमानलाई नै औषधि खरिदको लागि कोटेशन दिएकी छन् । जनकपुर ४ राहत आयुर्वेद फर्माबाट कोटेशनमा औषधि खरिद गरेको कार्यालयको तथ्यांकले देखाए पनि उक्त पसल कतै पनि भेटिदैन । तर, विभिन्न मितिमा त्यही फर्माबाट कोटेशनमा औषधि खरिद गरेको कार्यालयले उपलब्ध गराएको कागजातमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित

नागरिकता विधेयक– मन्त्रिपरिषद्को निर्णय झिकाउन सर्वोच्चको आदेश

सम्बन्धित

राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित

नागरिकता विधेयक– मन्त्रिपरिषद्को निर्णय झिकाउन सर्वोच्चको आदेश

ओलीलाई जनार्दनको जवाफ – माओवादी विना तपाईंको सिंहदरबार यात्रा कठिन छ

पोहोरभन्दा बढी भित्रियो रेमिट्यान्स, १० महिनामा १० खर्ब

राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षीको बेञ्च पूरै खाली– कारण यस्तो

नागरिकता विधेयक प्रमाणीकरणको कागजात मगाउने सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com