बाँकेको आधुनिक बसपार्क सम्पन्न नहुँदा यात्रुदेखि स्थानीयसम्मलाई सास्ती ( भिडियाेसहित)



बाँके, ५ मंसिर । बाँकेको नेपालगन्जमा निर्माणाधिन आधुनिक बसपार्कको काम समयमा नै सम्पन्न नहुँदा यात्रुदेखि स्थानीयसम्मलाई सास्ती भएको छ । १५ महिनामा नै निर्माण सम्पन्न भइसक्नुपर्ने बसपार्कको काम ३ बर्षसम्म समेत आधा हुन सकेको छैन । निर्माण कम्पनी र नेपालगन्ज उप–महानगरपालिकाका कारण समयमा नै बसपार्क निर्माण हुन नसकेको स्थानीय वासिन्दा बताउँछन् । अहिले बसपार्कमा शौचालय, पानी र यात्रु बस्ने सुरक्षित ठाउ“को समेत अभाव छ ।

भिडियाे

    Comment Here!


सम्बन्धित समाचार

View All