ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली हार्पीक बनाउने गिरोह पत्ता लाग्यो


sharan sharan

बुटवल, २५ भाद्र ।
हुबहु नक्कल गरेर नक्कली सामान बेच्ने गिरोहलाई रुपन्देही प्रहरीले पत्ता लगाएको छ । नेपाली बजारमा बर्षौदेखि बिक्रिबितरण हुदै आएको हार्पीक ब्राण्डको सामाग्रीको नक्कल गरि उत्पादन गर्ने कम्पनिका प्रतिनिधी सहीत ठूलो परिमाणमा नक्कली हार्पीक समेत पप्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गीयाले नक्कली हार्पिक बजारमा बेच्दै गरेको अवस्थामा आईतबार गाडी सहित एक जनालाई पक्राउ गरेको थियो । बा.१४ च ९६१२ नम्बरको गाडी सहित मकवानपुरी गाउपालिका ६ मकवानपुरका २२ वर्षिय सुमन प्रसाद सापकोटालाइ शनिबार पक्राउ गरेको थियो । सापकोटाले मुर्गियामा रहेको बेलवासे किराना पसलमा नक्कली हार्पिकलाइ सक्कली हार्पिक भनेर पसलमा बेच्दै गर्दा व्यापारीलाई संका लागेपछि प्रहरीलाई खबर गरेको पसल संचालन शोभाखर बेलबासेले बताए ।
गण्डकी केमिकल्स प्रा.लि काठमाडौंको चलानी लिएर सामान बेच्न हिडेका सापकोटाले काठमाडौं बाट ५४० पिस हार्पिक लिएर आएको चलानीमा देखिए पनि प्रहरीले २२८ पिस हार्पिक मात्र फेला पारेको इलाका प्रहरी कार्यालय रंयौराका प्रहरी निरीक्षक केशब बहादुर बस्नेतले बताए । फेला पारेको नक्कली हार्पिकलाइ प्रहरीले नियन्त्रण गरेको छ ।
गण्डकी केमिकल्स प्रा.लिले कम्पनी रजिस्टार कार्यालयमा दर्ता गरेको फर्मबाट के सामान उत्पादन गर्ने हो त्यो उल्लेख नगरेको प्रहरीले जनाएको छ । कम्पनिले बजारबाट हार्पीकका पुरानो बोटल ल्याई त्यसमा नक्कली हार्पिक हाली बजारमा बेच्ने गरेको समेत खुलासा भएको छ । भारतमा निर्मीत हार्पीकको उत्पादक रेकेट बेन्काईजर ईण्डीया लिमीटेडले २०४२ साल देखि नेपालमा ट्रेडमार्क दर्ता गर्दै बिक्री गर्दै आएको छ । नक्कली सामान उत्पादन गर्ने ब्यवसायीलाई उपभोक्ता संरक्षण ऐन तथा नक्कली उत्पादन गर्ने किर्ते ऐन अनुसार कारवाहि गर्न हार्पीकका बुटवलका अधिकृत बिक्रेता युवराज आचार्यले माग गरे ।
लामो समय देखि नक्कली हार्पिक बजारमा बिक्रि हुदै आएको थाहा पाएपछि अनुगमन गर्दै हेडेको आर बि आइ कम्पनीका प्रतिनिधि चन्द्रकान्त आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com