ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ मा पाँच वर्षमा प्रतिव्यक्ति आय दुई हजार अमेरिकी डलर पुग्ने, गरिबीको दर १० प्रतिशतमा झर्ने


sharan sharan

बुटवल, ३१ असार ।
प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७६।७७ मा ९ दशमलब ५ प्रतिशतको आर्थिक बृद्दीदर हासिल गर्ने लक्ष सार्वजानीक गरेको छ ।
आज बुटलमा आयोजना गरिएको एक कार्यक्रमका बिच प्रदेश सरकारको तर्फबाट तयार गरिएको प्रथम आवाधिक योजना सार्वजानीक गर्दै प्रदेश सरकारले गैर कृषि क्षेत्र भित्र उद्योग क्षेत्रको ग्राहस्थ आर्थिक बृद्दिदर १४ दशमलब ७ प्रतिशत र सेवा क्षेत्रको ९ दशमलब ७ प्रतिशतको लक्ष्य राखिएको जनाएको छ ।
प्रदेश सरकारले सार्वजानीक गरेको आवाधिक योजनामा कृषि क्षेत्रमा औसत बृद्धिदर ६ दशमलब ३ प्रतिशत र गैर कृषि क्षेत्रको औसत बृद्धिदर १० दशमलब ८ प्रतिशत प्रक्षेपण गरिएको छ । प्रदेश योजना आयोगले तयार पारेको आवधिक योजनामा चालूतर्फ १ अर्ब १२ खर्ब ३१ करोड र पूँजीगत खर्च १ खर्ब ४७ अर्ब ४० करोड र वित्तीय लगानी १२ अर्ब ५५ करोड हुने अनुमान गरिएको छ ।
यस अवधिमा वैदेशिक अनुदान ८ अर्ब १५ करोड, र बाँकी २२ अर्ब ८७ करोड घाटा ५ अर्ब १५ करोड वैदेशिक ऋण र १६ अर्ब ७२ करोड आन्तरिक ऋणबाट पूर्ति गर्ने अनुमान योजना आयोगको छ ।
यस अवधिमा भौतिक पूर्वाधार, कृषि, उद्योग, पर्यटन क्षेत्रलाई समेटने गरी बढी १० वटा प्रदेशकि गौरवका आयोजना छनौट गरी कार्यान्वन गर्ने, भू उपयोग नीति तथा प्रचलित ऐन बमोजिम भूमिको वर्गिकरण गरी कृषि उद्योग र आवाश क्षेत्रलाई छुटटाई भूमि व्यवस्थापन गर्ने लक्ष्य छ । पाँच वर्षमा प्रतिव्यक्ति आय वाषिर्क दुई हजार अमेरिकी डलर पुर्‍याउने र गरिबीको दर १० प्रतिशतमा झार्ने लक्ष्य लिएको छ ।
आवाधिक योजना सार्वजानीक गर्ने कार्यक्रममा बोल्दै ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनताको सक्रियसहभागिता रहे सरकारले राखेको लक्ष्य प्राप्त गर्न सकिने बताउनु भयो । मुख्यमन्त्री पोखरेलले प्रदेशमा लगानी सम्मेलन गरी पञ्च वर्षिय योजनाको लक्ष्य पूरा गर्ने आफूहरूले लक्ष्य लिइएको बताउनु भयो । उहाले आन्तरिकसँगै बाह्य लगानी भित्राएर प्रदेशलाई समृद्धिको दिशामा लैजाने बताउनु भयो। मुख्यमन्त्री पोखरेलले कृषि, उद्योग र पर्यटनबाट प्रदेशले ठूलो अपेक्षा गरेको बताउनु भयो । प्रदेशको समृद्धिमा नीजि क्षेत्रको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उहाले आवधिक योजनाको सफलताका लागि नीजि क्षेत्रबाट दुई तिहाई लगानीको अपेक्षा गरीएको बताउनु भयो ।
प्रदेश सरकारले आर्थिक वर्ष ७६।७७ मा कृषि तर्फ १४० अर्ब र गैर कृषित तर्फ ३२६ अर्ब मुल्य अभिबृद्दी र कुल ग्राहस्थ उत्पादनको लक्ष्य राखेको छ ।
प्रदेश सरकारले ५ नम्बर प्रदेशलाई मिनी नेपालको संज्ञा दिंदै समृद्द प्रदेश खुसी जनताको नारा तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मेरो ९ वर्षे कार्यकालमा नेपाल– भारत सम्बन्ध हिट भयो, अब सुपरहिट बनाउन सहमत छौं – मोदी

तुलसीपुर उपमहानगरपालिकाले नक्सापास नगर्नेको सेवा कटौती गर्ने

दुई सय २२ किलो नक्कली मह नष्ट

दाङमा बस दुर्घटना हुँदा एकको मृत्यु, २३ जना घाइते

भैरहवा : बन्ला त फूलै फूलको सहर ?

चार जनाको ज्यान जाने गरी वनमा आगो लगाउने चार जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com