ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रसंघमा नेपाल र इसिमोडको छलफल, डेढ अर्बको जीवनमा जलवायु परिवर्तनको प्रभाव पर्ने चेतावनी


abc news
असार २५, २०७६ बुधबार  ७ : ५९ बजे

संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग न्युयोर्क र इसिमोडले हिमालयहरुमा वातावरण परिवर्तनको प्रभावबारे छलफल कार्यक्रमको आयोजना गरेका छन् । राष्ट्रसंघको उच्च स्तरीय राजनीतिक मञ्च अन्तरगत राष्ट्रसंघ मुख्यालय न्युयोर्कम साइड इभेन्टका रुपमा उक्त छलफल आयोजना गरिएको हो ।

कार्यक्रममा राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि राजदूत अमृतबहादुर राईले कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै आगामी सेप्टेम्बरमा राष्ट्रसंघ महासचिवको क्लाइमेट एक्सन सम्मेलनमा यो छलफलले योगदान दिने बताउनुभयो । राष्ट्रीय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले नेपालजस्ता मुलुकले वातावरण परिवर्तनको प्रभाव उच्चस्तरमा सामना गरिरहेको बताउनुभयो ।

 

इसिमोडका डाइरेक्टर जनरल डेभिड मोल्डेनको प्रिजेन्टेशन कार्यक्रमको मुख्य आकर्षण रहेको थियो । उहाँले जलवायु परिवर्तनको सन्दर्भमा आवश्यक कदम नचालिएमा हिमाली क्षेत्रमा बसोबास गर्ने २४० मिलियनको मात्र नभई १६ सय मिलियनको जीवनमा प्रभाव पार्ने चेतावनी दिनुभयो । हिमालमा हिउँ पग्लिदा र ग्लेसियरहरु नष्ट हुँदा कृषि उत्पादन, भोकमरी, गरिबी, बसाइसराई, जैविक विविधता र इकोसिस्टममा नकारात्मक असर पर्ने उहाँले चेतावनी दिनुभयो ।

 

ग्लोबल वार्मिंग सन् २१०० सम्म १ दशमलव ५ डिग्री सेल्सियसमा सिमित रहेपनि पूरै क्षेत्रमा १ दशमलव ८ डिग्री सेल्सियससम्म तापक्रम बृद्धि र हिमाली क्षेत्रमा २ दशमलव २ डिग्री सेल्सियससम्म तापमान बृद्धि हुने उहाँको भनाई थियो । छलफलको संचालन संयुक्त राष्ट्रसंघका पूर्व उप महासचिव ज्ञानचन्द्र आचार्यले गर्नुभएको थियो ।

छलफलमा क्लाइमेट एक्सन समिट २०१९ का लागि महासचिवका विशेष दूत लुई अल्फोन्सोले समापन मन्तब्य दिदै समयमै कार्यक्रमको आयोजना गरेकोमा नेपाल र इसिमोडलाई धन्यवाद दिनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

बालेन सरकार : १५ सदस्यीय मन्त्रिपरिषद् फाइनल, चैत १३ मा सपथ, यी बन्छन् मन्त्री !

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com