काठमाडौं, १५ जेठ । सरकारले सडक पूर्वाधारको बजेट अभाव हुन नदिन आगामी बजेटमा नयाँ योजना ल्याएको छ ।
आउँदो आर्थिक वर्ष २०७६। ०७७ को बजेटमार्फत सरकारले पेट्रोल र डिजलबाट प्रतिलिटर १ रुपैयाँ उठाएर सडक पूर्वाधारको बजेट अभाव हुन नदिने बजेटमा उल्लेख छ । यसअघि बुढिगण्डकी जलविद्युत आयोजनाको लागि प्रतिलिटर ५ रुपैयाँ उठाइँदै आएको छ । सडक, रेल र जल यातायात पूर्वाधारका लागि सरकारले एक खर्ब ६३ अर्ब ५२ करोड बजेट छुट्याएको छ ।



















प्रतिक्रिया दिनुहोस्