काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले नवलपरासीको धौवादीमा रहेको फलामखानीबाट आउँदो बर्ष नै फलाम उत्खनन् गरिने बताउनुभएको छ ।
अर्थमन्त्री खतिवडाले आउँदो वर्षको बजेटमा यो कुरा उल्लेख गर्नुभएको हो । यस्तै व्यापार घाटा घटाउन कृषीमा एन्टि डम्पिङ प्रणाली लागू गर्ने, गुणस्तरहीन वस्तु बिक्री गर्नेलाई कडा कारबाही गर्ने पनि बजेटमा उल्लेख छ ।
चीनसँगको पारबहन प्रोटोकललाई अन्तिम रुप दिएर चीनका बन्दरगाह प्रयोग गर्ने बजेटमा उल्लेख गरिएको छ । यस्तै सिन्डिकेट अन्त्य गरेर बजारलाई प्रतिस्पर्धी बनाउने पनि उल्लेख छ । पेट्रोलियम पाइपलाइनको काम सक्ने तथा विशेष आर्थिक क्षेत्र सेजको विस्तार गर्ने, विभिन्न सहरमा औद्योगिक कोरिडोर बनाउने, औद्योगिक क्षेत्र विकासको लागि २ अर्ब ८७ करोड विनियोजन भएको छ ।



















प्रतिक्रिया दिनुहोस्