
काठमाडौं, ३ जेठ । नेपालको भौगोलिक अवस्थाका कारण विभिन्न समयमा विपद् आइरहने भए पनि पूर्वतयारीमा भने सरकारले खासै चासो दिएको देखिएको छैन । भूकम्प, बाढी पहिरो, आँधी, डुबानजस्ता विपद् प्रत्येक वर्ष आउने भए पनि सरकारले त्यसको पूर्वतयारी गरी आवश्यक व्यवस्था भने गरेको देखिँदैन ।
राष्ट्रिय मानव अधिकार आयोगले आज आयोजना गरेको ‘विपद् जोखिम न्यूनीकरण र मानव अधिकार’ विषयक अन्तर्क्रियामा आयोगका कावा अध्यक्ष प्रकाश वस्तीले नेपालमा भौगोलिक अवस्थाअनुसार फरक मौसममा फरक खालका प्राकृतिक प्रकोप हुने गरे पनि त्यसका न्यूनीकरणका लागि सरकारले आवश्यक तयारी गरेको नदेखिएको बताउनुभयो ।
उहाँले आयोगले भूकम्प, महामारी रोग, बाढी पहिरोलगायत घटनाको स्थलगत अध्ययन गरेर कार्यान्वयनका लागि सरकारलाइ सिफारिस गरेको भए पनि त्यसको उचित सुनुवाइ हुन नसकेको जानकारी दिनुभयो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ मा सुधारात्मक व्यवस्था भए पनि पर्याप्त हुन नसक्दा नागरिकले विपद्का समयमा मानव अधिकारको प्रत्याभूति गर्न नपाएको आयोगको अनुभव छ ।
नेपाल विश्वमा विपद् जोखिमको सन्दर्भमा सडक दुर्घटनामा ५० औँ, बाढी पहिरो ३० औँ र भूकम्पमा ११ औँ जोखिमको अवस्थामा रहेको छ ।



















प्रतिक्रिया दिनुहोस्