
काठमाडौं, २० बैशाख । सभामुख कृष्णबहादुर महराले पाटन हस्पिटलमा उपचाररत पूर्वसांसद तथा थबाङका अग्रज कम्युनिष्ट नेता बर्मन बुढालाई भेटी स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
आज बिहान पाटन हस्पिटल ललितपुर पुगी महराले पूर्वसांसद बुढालाई सान्त्वना दिनुका साथै स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।
पेटमा समस्या देखिएपछि हिजो पाटन हस्पिटलमा भर्ना गरिएको र अहिले प्रारम्भिक उपचार चलिरहेको बुढाकी छोरी विजयज्योतीले बताउनुभयो । भेटमा सभामुख महराले पूर्वसांसद बुढालाई धेरै चिन्ता नगर्न आग्रह गर्दै चाँडै ठीक हुने विश्वास व्यक्त गर्नुभयो ।
सो क्रममा सभामुख महराले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति भरत कुमार यादव र डाक्टरहरुको टोलीलाई भेटी पूर्वसांसद बुढाको उपचारमा कुनै कमी हुन नदिन अनुरोध गर्नुभयो ।



















प्रतिक्रिया दिनुहोस्