
टोकियो, जापान १८ बैशाख । जापानका नव सम्राट नारूहितोले राजगद्दी समालेकोमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश पठाउनु भएको छ ।
बुधवार जापानका नव सम्राट नारूहितोले राजगद्दी समालेकोमा नेपालका राष्ट्रपति भण्डारीले नारूहितोलाई शुभकामना सन्देश पठाउनु भएको नेपाली राजदूतावास जापानका उप नियोग प्रमुख कृष्णचन्द्र अर्यालले जानकारी दिनु भयो ।
जापानमा नव सम्राटले राजगद्दी समाले संगै नव युगको सुरु हुने भएकोले जापानको समृद्धि संगै जापानी जनताको उन्नती र प्रगतीको कामना समेत राष्ट्रपति भण्डारीले पठाउनु भएको सो शुभकामना सन्देशमा उल्लेख छ ।
राष्ट्रपति भण्डारीले उक्त सन्देशमा नेपाल र जापान दुई देशका जनताबीच सदियौ देखी रहदै आएको पुरानो सम्बन्ध आगामी दिनमा सवल र सुदृढ़ हुने विश्वाससमेत गर्नु भएको छ ।
मंगलवार यस अघिका सम्राट आकिहितोले आफनो राजगद्दी त्याग गर्नुभएको थियो । सम्राट आकिहितो राजा बनेपछी सुरू भएको हेईसेइ ३० वर्ष सफलतापुर्वक चलाउनुभएको थियो । मंगलवार स्वईच्छाले राजगद्दी त्याग्नुभई छोरा नारूहितोलाई राजगद्दीको बागडोर दिनुभएको हो ।
मे १ बाट नव सम्राट नारूहितोले राजगद्दी सम्हाल्नु भएको छ । नारूहितोले राजगद्दी समालेसंगै जापानमा नयाँ युग रेईवा सुरु भएको छ । नव सम्राट नारूहितो जापानका १२६ औं सम्राट बन्नुभएको छ ।



















प्रतिक्रिया दिनुहोस्