ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकको विकासका लागि पुस्तकालयको भूमिका महत्वपूर्ण ः डा भट्टराई


एबीसी न्यूज

काठमाडौँ, १३ वैशाख । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकको विकासका लागि सार्वजनिक पुस्तकालयको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको १६औँ वार्षिक साधारणसभाका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उहाँले पुस्तकालयमा उपलब्ध पुस्तक पढेर धेरै मुलुकले विकास गरेको बताउनुभयो । “ज्ञानका कारण अमेरिकाले विकास गरेको हो, देश विकासका लागि नेतृत्वले समयअनुसार अध्ययन गर्नु जरुरी छ”, उहाँले भन्नुभयो । पूर्वप्रधानमन्त्री डा भट्टराईले पछिल्लो समय सार्वजनिक सम्पत्ति दुरुपयोग हुँदै गएको भन्दै यसलाई जोगाउनु राज्यको दायित्व रहेको उल्लेख गर्नुभयो । काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयलाई देशकै गर्व गर्न लायक पुस्तकालयका रुपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।

पुस्तकालयका अध्यक्ष एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले पुस्तकालयलाई छायाँमा राखेर मुलुकको विकास हुन नसक्ने बताउनुभयो । मुलुकको राजनीति र आर्थिक विकासका लागि पुस्तकालयको विकास हुुनुपर्ने उहाँको भनाइ थियो । पूर्वमन्त्री गणेश शाहले मुलुकको लोकतन्त्रलाई बलियो बनाउन पुस्तकालयको विकास गर्नु जरुरी रहेको बताउनुभयो । सांसद छक्कबहादुर लामाले पुस्तकालयमा सरकारी अनुदान कमी हुँदै गएको बताउँदै यसका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताउनुभयो ।

सोह्र वर्ष अगाडि शुरु भएको उक्त पुस्तकालयमा हाल विभिन्न भाषाका एक लाखभन्दा बढी पुस्तक रहेका छन् । दैनिक २०० भन्दाबढी पाठक पुस्तक अध्ययनका लागि आउने उक्त पुस्तकालयको आफ्नो भवन नहुँदा पुस्तक व्यवस्थापनमा समस्या परेको पुस्तकालय समाजका महासचिव मोहनकुमार इङनामले जानकारी दिनुभयो । सोही अवसरमा पुस्तकालयको विकासमा महत्वपूर्ण भूमिका खेल्नुभएकामा पूर्वप्रशासक सूर्यप्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com