ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिंसात्सक गतिविधि अन्त्य गर्न विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याउँछौ : गृहमन्त्री थापा


admin
बैशाख १२, २०७६ बिहीबार  ५ : ३६ बजे

विराटनगर, १२ वैशाख । गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षामा खलल पु¥याउने छुट कसैलाई पनि नदिने बताउनुभएको छ ।

गृहमन्त्रालयद्वारा आयोजित प्रदेश नं १ को सुरक्षा गोष्ठीमा सहभागी हुन विराटनगर आउनुभएका मन्त्री थापाले सञ्चारकर्मीहरुसँग भन्नुभयो, “आन्दोलनको नाममा जनताको अधिकार कुण्ठित गरी शान्ति सुरक्षामा अवरोध पु¥याउनेलाई सरकारले कानून बमोजिम कारवाही गरिनेछ ।”

गृहमन्त्री थापाले हिंसात्सक गतिविधि अन्त्य गर्नका लागि विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याउने प्रयास भइरहेको बताउँदै विभिन्न माग राखी आन्दोलन गर्ने सबै असन्तुष्ट पक्षलाई सरकारले वार्ता र संवादमा आउन आह्वान गरेको जानकारी दिनुभयो ।

विखण्डनकारी समूहलाई समेत मूलधारमा ल्याइसकेको अवस्थामा विप्लव समूहलाई पनि आतङ्ककारी क्रियाकलाप छाडी वार्तामा आउनुको कुनै विकल्प नरहेको उल्लेख गर्दै उहाँले विप्लव समूहले जनतामा आतङ्क सिर्जना गर्नुका साथै हत्या हिंसा तथा निजी र सरकारी सम्पत्ति तोडफोड गरी विध्वंसकारी गतिविधि गरेकै कारण सरकारले उनीहरुको गतिविधि निषेध गरिएको स्पष्ट पार्नुभयो ।

गृहमन्त्री थापाले भन्नुभयो, “वर्तमान सरकार जनताको भएकाले राजनीतिक दल वा समूहको असहमतिलाई वार्ता र छलफलबाट सबै समस्याको समाधान गर्ने छ ।” विगतको वर्षभन्दा जनताले अनुभूत गर्ने गरी शान्ति सुरक्षामा गुणात्मक सुधार आएको चर्चा गर्दै उहाँले शान्ति सुरक्षा कायम राख्न वर्तमान सरकार दृढ रहेको छ भन्नुभयो ।

मन्त्री थापाले वर्तमान सरकार निर्माण भएको पहिलो वर्षलाई आधार वर्ष मानिएको बताउँदै यो वर्षलाई समृद्ध वर्षका रुपमा मनाउने हुँदा मुलुकभित्र द्रुतगतिमा आवश्यक पूर्वाधार निर्माण गर्ने धारणा व्यक्त गर्नुभयो ।

वर्तमान सरकारले दुवै छिमेकी मुलुकलगायत अन्तर्राष्ट्रिय क्षेत्रसँग पारस्परिक हितका आधारमा मैत्री सम्बन्धमा सुधार गर्न सफल भएको पनि उहाँले बताउनुभयो । मङ्गलबारदेखि शुरु भएको सो दुई दिने सुरक्षा गोष्ठीमा यो प्रदेशअन्तर्गतका जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका उच्चपदस्थ पदाधिकारीको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

निर्वाचनमा खटिएको सेना सवार बस दुर्घटना हुँदा २४ जना घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

निर्वाचनमा खटिएको सेना सवार बस दुर्घटना हुँदा २४ जना घाइते

राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ : पूर्वराजा शाह

यस्ता छन् कांग्रेसका भिजन १० (फोटो फिचरसहित)

हिजो बन्दुक बोकेर आएको थिएँ, आज मतपत्र बोकेर आएको छु: प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com