
बुटवल,३ बैशाख । नेपाल सरकारका सूचना प्रविधि तथा सञ्चार मन्त्रालय मन्त्री गोकुल बास्कोटाले बालुवाटारको जग्गा कीर्ते गरी आफनो नाममा गराउनेलाई पानी मुनी गएपनि सरकारले नछाड्ने बताउनु भएको छ ।
तिलोत्तमाको मणिग्राम स्थित डिमल्याण्ड गोल्ड रिसोर्टमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा उहाले प्रधानमन्त्री निवास बालुवाटारको जग्गा कीर्ते गरी आफनो नाममा बनाउने जो सुकै मुख्य दोषिलाई सरकारले कारबाही गरी छाड्ने बताउनु भएको हो । उहाले भन्नुभयो को को ले कीर्ते गरे छानबिन गरेर कारबाही हुन्छ कृते गर्ने मूलीलाई सरकारले पानीमुनी गएपनि छाड्दैन ।
बालुवाटारको जग्गाका सम्वन्धमा आफुले नेकपा महासचिव बिष्णु पौडेल ठगिनुभयो र सरकारले क्षतिपुर्ति दिनुपर्छ भनेर नभनेको मन्त्री बास्कोटाले स्पष्ट पार्नुभयो । मन्त्री बास्कोटाले तथ्यविपरीत सरकारको आलोचना गरेको भन्दै आक्रोस पोख्नुभयो ।
‘सरकार तथ्यमा आधारित आलोचनालाई स्वागत गर्छ, उठ्नै नसक्ने गरी ठटाए हुन्छ’, बास्कोटाले भन्नुभयो, ‘सडक बनाएको नदेख्ने, धुलो उडेको मात्रै देख्ने, बच्चा जन्मेको नदेख्ने आमाको चित्कार र प्रश्रबको रगत मात्रै देख्ने आलोचना सही हुन सक्दैन ।’
देशले नवनिर्माणको बाटो पक्रिसकेको र समृद्धि सिंगो देशको बहसको विषय बनेको दाबी गर्दै मन्त्री बास्कोटाले आलोचनाका बीच पनि सरकारले नव निर्माणको लडाइँ जितेको जकिर गर्नुभयो ।
नयाँ भिजनको साथ अगाडी बढिरहेको सरकारले लगानी सम्मेलन मार्फत ७७ वटा योजानमा २४ खरब रुपैयाँ बारबरको लगानीको प्रस्ताव आउनु आफैमा राम्रो पक्ष भएको दावि गर्नुभयो ।
एक बर्षलाई सरकारले नव निर्माणको बर्षको रुपमा लिएको भन्दै मन्त्री बास्कोटाले यसलाई आत्मसाथ गरेर अगाडी बढ्ने समेत बताउनुभयो । चुनौतिलाई आत्मसाथ गर्दै अगाडी बढिरहेको सरकार भएको कारण केही नयाँ काम गर्न खोज्दा आलोचना सहुनुपर्ने समेत बताउनुभयो ।
पहिला सुरुङ्ग मार्ग, रेल मार्गका कुरा गर्दा हासो मजागमा उडाउने गरेको भन्दै मन्त्री बास्कोटाले अहिले आवश्यकता हो र ? भन्ने बहसको सुरुवात भएको बताउनुभयो । जनताको आवश्यकता अनुसारका विकास निर्माणका कार्य निरन्तर अगाडी बढ्ने उहाको तर्क रहेको थियो ।



















प्रतिक्रिया दिनुहोस्