ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको ओलीको सम्बोधन – एक वर्षमा के नै भयो भनेर निराशा व्यक्त नगर्न आग्रह


एबीसी न्यूज
बैशाख १, २०७६ आईतबार  ८ : २१ बजे

काठमाडौं, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रगति सुनाउने अवस्थामा पुगेको बताउनु भएको छ । नयाँ वर्ष २०७६को अवसरमा आइतबार बिहान बालुवाटारबाट देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताउनु भएको हो ।

उहाँले भ्रष्टाचार नियन्त्रण गर्न सरकाले कदम चालिरहेको बताउँदै भ्रष्टाचारी नेपाली हुन नसक्ने समेत बताउनुभयो । उहाले अहिले सरकार प्रणालीगत स्थायित्व निर्माण गर्ने तहमा आइपुगेको जनाउँदै संयुक्त राष्ट्रसंघीय बालकोषको हालैको प्रतिवेदनले नेपाल सिक्ने तयारीको अवस्थामा पुगेको समेत चर्चा गर्नुभयो । त्यसैगरी दातृ निकायहरुले नेपाल दक्षिण एशियाकै उदाउँदो अर्थतन्त्र भएको जनाएको बताउनुभयो ।

बालुवाटारमा मन्त्रिमण्डलका अन्य सदस्यलाई समेत राखेर प्रधानमन्त्रीले गरेको सम्बोधनमा संघियता नेपालका लागि नयाँ भएको सबै तहका सरकारहरुले सिकेर काम अघि बढाउँदै गइरहेको जानकारी समेत गराउनुभयो । उहाले नेपालको व्यवस्था नेपालकै भूमिमा टुसाएर उम्रिएको र यसलाई संस्थागत र कामकाजी बनाउन सघाउने सबैलाई धन्यवाद दिनुभयो ।

उहाले गएको आम निर्वाचनमा जनताले स्थायित्व र विकासका पक्षमा मत दिएको चर्चा गर्दे प्रधानमन्त्री ओलीले अहिले सरकारले त्यसका लागि जग बसाल्ने काम गरेको बताउनुभयो । आफ्नो मात्रै स्रोत साधनबाट विकास गर्न ढिलो हुने भएकोले बाह्य प्रविधि भित्रयाउनकालागि जोड दिइएको समेत जानकारी गराउनुभो ।

एक वर्षमा के नै भयो भनेर निराशा व्यक्त नगर्न आग्रह गर्दै उहाँले सरकारलाई प्रश्न सोध्ने तरिका फेर्न आग्रह गर्नुभयो, यो वर्ष कति बाटो बन्यो, कति कानुन बने पानी जहाज कार्यालय खुल्यो कहिलेबाट सञ्चालन हुन सक्छ रु सामाजिक सुरक्षाको अभियानले

जेष्ठ नागरिक स्वास्थ्य बिमाबाट आमा बाबालाई कस्तो फाइदा हुन्छ? अन्तर्राष्ट्रिय फोरममा भएको सहभागिताबाट नेपालले के फाइदा पाउन सक्छ भन्ने जस्ता विषयमा प्रश्न सोध्न उहाँले भन्नुभयो ।

देश र जनता नै सरकारको प्राथमिकता भएको चर्चा गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारीलाई छानबिनको दायरामा ल्याउने काम भइरहेको र राज्यको अनधिकृत दोहनलाई बन्द गर्ने र जालझेल गरेर हडपिएका सरकारी जग्गा फिर्ता गर्दै ल्याइने समेत बताउनुभयो ।

उहाँले यो वर्ष पृथकतावादको अन्त्य भएको भन्दै कुनैपनि अतिवादलाई स्थान नहुने भन्दै प्रतिगामी गतिविधिका विरुद्धमा पनि कडाइ गरिने बताउनुभयो ।

उहाले तीब्र विकासका लागि देशलाई समयको अभाव भएको बताउँदै युएइका प्रधानमन्त्रीको पुस्तकमा भनिए झैं बाँच्नका लागि छिटो दौडिनुपर्ने अवस्थामा नेपाल रहेको समेत जनाउनुभयो । विकासका लागि नेपाल अफ्रिकी सिँह र हरिणको जस्तै दौडिनुपर्ने अवस्थामा रहेको बताउनुभयो ।

उहाले आफूपनि विकासका लागि बिहानदेखि बेलुका सम्म दौडिरहेको बताउँदै एक वर्षको अवधिमा आफू ३१४ वटा कार्यक्रममा सहभागी भएको समेत प्रधानमन्त्रीले बताउनुभयो यसअनुसारका परिणाम पनि अहिले देखिन थालेको उहाको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

अमेरिकाले अरब संसार गुमाइसकेको छ

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

परराष्ट्रमन्त्रीलाई बेइजिङको शुभकामना सन्देश

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com