ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसका साथीहरु एक पटक आफ्नो अनुहार ऐनामा हेर्नुस् : नेता खनाल


admin
चैत्र ३०, २०७५ शनिबार  ३ : ४८ बजे

काठमाडौं,३० चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले ठूलो संख्यामा युवाहरु विदेशिनुमा नेपाली कांग्रेस जिम्मेवार रहेको आरोप लगाउनुभएको छ ।

काठमाण्डौं महानगरपालिका वडा नम्बर १५ले नयां बर्षको सन्र्दभमा शनिबार भुईखेलमा गरेको कार्यक्रममा सत्तारुढ दल नेकपाका नेता एवं पुर्व प्रधानमन्त्री खनालले सरकारको नेतृत्वमा रहेका बेला नेपाली कांग्रेसले केही गर्न नसकेका कारण युवा जनशक्ति विदेशिन बाध्य भएको बताउनुभएको हो ।

२०४६ साल यता पटक–पटक सरकारको नेतृत्व गरेको कांग्रेसले अवसर पाउदा मुलुक र मुलुकवासीका लागि उपलब्धिमुलक काम गर्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो “नेपाली कांग्रेसका साथीहरुले हामी गर्छौ भनेर अहिले गफ लगाउनुभएको छ । तर ४६ साल पछाडि अवसर प्राप्त भएको हैन ? पटक पटक बहुमत प्राप्त भएको होइन । तर के गर्नुभो ? सारा देशलाई गरिवीमा डुबाउनुभयो ।

सारा देशमा वेरोजगारीमा डुबाउनु भो । आज झण्डै ५० लाख भन्दा बढी युवाहरु विदेशमा जान बाध्य भईरहेका छन् । यो बाध्यता खडा ग¥यो कसले ? नेपाली कांग्रेसका साथीहरुलाई म एक पटक आफ्नो अनुहार ऐनामा हेर्न भन्न चाहन्छु । ”

पछिल्लो समय पुर्वाधार निर्माण, साधन स्रोतको विकास तथा जलस्रोतको विकासका लागि योजनावद्ध ढंगले अघि बढ्ने काम भएको भन्दै उहाँले सरकारलाई असफल पार्न गरिएका षडयन्त्र विरुद्ध दृढताका साथ उभिनुपर्नेमा जोड दिनुभयो ।

पछिल्लो समय लोडसेडिङ गराउने तत्व सक्रिय भएको भन्ने खबर आएको भन्दै उहाँले त्यस किसिमको षडयन्त्र विरुद्ध दृढताका साथ उभिन सरकार र नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा काठमाण्डौ महानगरका मेयर विद्यासुन्दर शाक्यले महानगरको शान्ति सुरक्षा कायम गर्दै सभा स्वच्छ, हराभरा बनाउनका लागि विशेष अभियान सुरु गरिएको बताउनुभयो ।

उहाँले सिसि क्यामेरा मार्फत अपराधिक गतिविधि मात्रै नभई नगरलाई फोहर बनाउनेहरुको पनि निगरानी गरिने र उनीहरुलाई फोटो सहित सार्वजनिक अभिनन्दन गर्ने कार्यक्रम महानगरले अघि सारेको बताउनुभयो ।

कार्यक्रममा उपमेयर हरिप्रभा खड्गीले ढल निकास, खानेपानी, विद्युत लगायतलाई महानगर मातहत नराखेसम्म महानगरको सम्मुन्नत विकास गर्न नसकिने बताउनुभयो ।
कार्यक्रममा नागरिकका लागि निशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन सामुदायिक स्वास्थ्य सेवा परिषद्लाई १२ लाख रुपैयाको चेक हस्तान्तरण गरिएको थियो ।

वडा नम्बर १५ ले जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि बार्षिक १२ लाख रुपैया दिने भएको हो । सोही कार्यक्रमको सुरुवात स्वरुप कार्यक्रममा दुई जना वृद्धवृद्धालाई निशुल्क स्वास्थ्य परीक्षणको परिचयपत्र हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनकपुरबाट ‘कांग्रेस २०’ को उदय, धनगढीमा बालेनको नयाँ ‘ब्रेक’

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै

प्रजातन्त्र दिवसमा एमाले अध्यक्ष ओलीको सन्देश– तीन जिम्मेवारी बोध गर्दै अघि बढौँ

जनकपुरबाट ‘कांग्रेस २०’ को उदय, धनगढीमा बालेनको नयाँ ‘ब्रेक’

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

निर्वाचनमा खटिएको सेना सवार बस दुर्घटना हुँदा २४ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com