ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकी प्रदेशमा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँ कार्यक्रम


admin
चैत्र २७, २०७५ बुधबार  ५ : २१ बजे


गोरखा, २७ चैत । गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका ३६ गाउँपालिकामा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँ कार्यक्रम लागू गर्ने भएको छ । प्रदेश सरकारको योजनामा गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कार्यक्रम कार्यान्वयनका लागि तयारी अन्तिमचरणमा पु¥याएको कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले जानकारी दिनुभयो ।

मन्त्रालयले पहिलो चरणमा ३६ प्रादेशिक निर्वाचन क्षेत्र अन्तर्गत एक÷एक गाउँपालिकामा कार्यक्रम लागू गर्नेगरी क्षेत्र छनोट गरेको मन्त्री थापामगरले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले प्रत्येक प्रार्देशिक निर्वाचन क्षेत्रको एउटा गाउँपालिकामा कार्यक्रम लागू हुन्छ र आगामी पाँच वर्षभित्रमा प्रदेशभित्र एक पालिका एक कार्यक्रम लागू गर्ने गरी योजना मन्त्रालयले बनाएको छ ।”

कार्यक्रमअन्तर्गत छनोटमा परेका गाउँपालिकाभित्र जुन ठाउँमा जस्तो प्रकारको हावापानी र माटो छ, त्यस्तै प्रकारको वातावरणमैत्री खेती प्रणालीको विकास गर्दै जाने योजना मन्त्रालयले बनाएको उहाँले बताउनुभयो । कार्यक्रमले गाउँपालिका वातावरणमैत्री पनि बन्ने र किसानसमेत व्यावसायिक खेतीतर्फ आर्कषित हुने विश्वास मन्त्रालयले लिएको मन्त्री थापामगरको भनाइ छ ।

त्यस्तै छनोटमा परेका गाउँमा बजारको मागअनुसार खेती प्रणालीको विकास गर्दै उत्पादित बस्तुको बजार व्यवस्थापन गर्न एक गाउँ एक कृषि सहकारीको अवधारणासमेत कार्यक्रममा समेटिएको उहाँले बताउनुभयो ।

नमूना कृषि गाउँमा मत्स्यपालन, पशुपालन, कुखुरापालन र अन्य कषि खेतीमा वैज्ञानिक प्रविधि लागू होस् भन्ने मन्त्रालयको चाहाना हो”, मन्त्री थापामगरले भन्नुभयो, “छनोट भएका गाउँमा कम्तीमा ५० घरपरिवार हुनुुपर्ने व्यवस्था पनि गरिएको छ ।” उहाँले प्रदेशमा पहिलो पटक तनहुँ जिल्लाबाट यही चैतदेखि कार्यक्रम शुरु गरिने जानकारी दिनुभयो ।

छनोट भएको क्षेत्रमा कृषकलाई खेती प्रणालीलगायतका बारेमा तालीम प्रदान गर्न एकजना कृषि जेटिएको समेत रहने व्यवस्था मन्त्रालयले गरेको मन्त्री थापाले बताउनुभयो । कार्यक्रमअन्तर्गत नमूना कृषि गाउँमा माटो र हावापानी अनुसारको फलफूल खेतीको विकास पनि गर्ने लक्ष्य मन्त्रालयको रहेको उहाँले बताउनुभयो ।

“यस्ता खालका कार्यक्रमले गाउँ स्वच्छ सफा, सुन्दर र हराभरा हुने र वातावरणमैत्री पनि बन्छ”, मन्त्री थापाले भन्नुभयो, “सँगसँगै प्रत्येक परिवारले आम्दानी पनि गर्नसक्ने हुँदा यसले ग्रामीण क्षेत्रमा आयआर्जनमा वृद्धि गर्नसमेत मद्दत पुग्छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

युवालाई तिरस्कार र अपमान गरिरहे फेरि पनि विद्रोह हुन सक्छः प्रधानमन्त्री कार्की

जनकपुरबाट ‘कांग्रेस २०’ को उदय, धनगढीमा बालेनको नयाँ ‘ब्रेक’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

४० वर्षमुनिका युवा तथा महिला उम्मेदवारलाई मञ्चमा राखेर एमालेको घोषणापत्र सार्वजनिक

सुनको भाउ आज तोलामा ४ हजार ३०० रुपैयाँले बढ्यो

युवालाई तिरस्कार र अपमान गरिरहे फेरि पनि विद्रोह हुन सक्छः प्रधानमन्त्री कार्की

एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै

प्रजातन्त्र दिवसमा एमाले अध्यक्ष ओलीको सन्देश– तीन जिम्मेवारी बोध गर्दै अघि बढौँ

जनकपुरबाट ‘कांग्रेस २०’ को उदय, धनगढीमा बालेनको नयाँ ‘ब्रेक’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com