
काठमाडौं,२७ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले राजधानी काठमाडौंमा एउटा अन्तराष्ट्रिय स्थलको प्रर्दशनी हल बनाउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ । बुधबारबाट ललितपुरको नःटोलस्थित मदन स्मारक माध्यामिक विद्यालयको प्राङगनमा सुरु भएको ‘ललित अन्तराष्ट्रिय व्यापार मेला’को उद्घाटन गर्दै उक्त कुरा बताउनु भएको हो ।
उपराष्ट्रपति पुनले प्रर्दशनीका लागि हलको व्यवस्था नभएको उल्लेख गर्दै काठमाडौंमा अन्तराष्ट्रिय स्थलको र जिल्ला–जिल्लामा पनि प्रर्दशनी हलको व्यवस्था हुने गरी आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिनु भयो । उहाँले भृकुटीमण्डपमा भएको प्रर्दशनी हल पूरानो भईसक्दा पनि नयाँ प्रर्दशनी हलको व्यवस्था गर्न नसक्नु मुलुकको लागि लाजमर्दो विषय भएको पनि बताउनु भयो ।
उपराष्ट्रपति पुनले मुलुकको समृद्धि र विकासको बाधकको रुपमा रहेको भ्रष्टाचार नियन्त्रणका लागि सबै पक्ष एकतावद्ध भएर पहल गर्न जरुरी रहेको पनि बताउनु भयो । कार्यक्रममा बोल्दै ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले ललितपुरको कला र संस्कृतिलाई अन्तराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ सो मेला आयोजना गरिएको स्पष्ट पार्नु भयो ।
उहाँले ललितपुरमा रहेका कलाका नयाँ–नयाँ प्रतिभाहरुलाई बाहिर ल्याउन पनि सो प्रर्दशनीले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नु भयो । ५ दिनसम्म चल्ने मेलामा ललितपुरका हस्तकलाका सामग्रीहरुलाई विशेष आकर्षणको रुपमा राखिएको छ ।
भारत, चीन, पाकिस्तान, बंगलादेशसहित १ सय भन्दा बढि स्टल रहेको मेलामा करिव ५ लाखले अवलोकन गर्ने र ५ करोड रुपैँया बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।



















प्रतिक्रिया दिनुहोस्