ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एचआइभी सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै, डोटीमा ९८० मा एचआइभी सङ्क्रमण


एबीसी न्यूज

डोटी, २६ चैत । जिल्लामा पछिल्लो समय एचआइभी सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै जान थालेको पाइएको छ । जिल्ला अस्पताल डोटीमा रहेको तथ्याङ्कअनुसार पूरै जिल्लाभरिमा खुलेका मात्रै (पहिचान भएका) ९८० जनामा एचआइभीको सङ्क्रमण रहेको पाइएको हो । सङ्क्रमितमध्ये महिलाको सङ्ख्या ५७० रहेको छ भने ३६० पुरुष रहेका छन् ।

त्यस्तै पचास बालबालिका एचआइभी सङ्क्रमण रहेको पाइएको छ । यो सङ्ख्या जिल्ला अस्पतालमा औषधि उपचार गराउन आउनेको मात्रै भएको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक भुषण मिश्रले बताउनुभयो । अस्पतालको सम्पर्कमा नआउनेलाई गणना गर्दा यो सङ्ख्यामा वृद्धि हुनसक्ने उहाँले अनुमान गर्नुभएको छ ।

जनचेतनाको अभाव, भेद्भाव र लाञ्छनाका कारण एचआइभी सङ्क्रमितहरू चिकित्सक तथा स्वास्थ्य संस्थाको सम्पर्कमा आउन नसकेकाले यो सङ्ख्या अझै बढ्न सक्ने अनुमान चिकित्सक मिश्रको छ । उहाँका अनुसार अपहेलना हुनसक्ने भएकाले यहाँका एचआइभी सङ्क्रमित महिला खासै खुलेर भन्न सक्दैनन् र उपचार गराउन आउँदैनन् । जिल्ला अस्पतालमा एचआइभी सङ्क्रमितका लागि सञ्चालनमा रहेको औषधि वितरण अर्थात् एआरटी शाखा तथा परामर्श शाखामा अहिले कम्तीमा पनि ५१८ जना नियमित सम्पर्कमा रहेको तथा औषधि सेवन गरिरहेको सो शाखाका काउन्सिलर केपी रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार चालू आर्थिक वर्षको साउन महीनादेखि अहिलेसम्ममा मात्रै नयाँ बिरामी ११ जना थपिएका छन् भने विगत १०/१५ वर्ष अगाडिदेखि पनि एचआइभी सङ्क्रमितले जिल्ला अस्पतालको नियमित सम्पर्कमा रहेर औषधि सेवन गरिरहेका छन् । डोटीमा एचआइभी/एड्सका कारण हालसम्म कति जनाले ज्यान गुमाए भन्ने विषयमा यकिन तथ्याङ्क कुनै पनि सङ्घसंस्थामा नभए पनि हालसम्म कम्तीमा पनि सय जनाभन्दा बढीले ज्यान गुमाइसकेको हुन सक्ने एचआइभीको क्षेत्रमा काम गर्ने संस्थाको अनुमान रहेको छ ।

कामका लागि भारत गएका श्रीमान्ले त्यहाँ गर्ने असुरक्षित यौन सम्पर्कबाट आफूलाई पनि एचाइभीको सङ्क्रमणमा पार्ने र पछि घरमा आई श्रीमतीलाई सार्ने गरेको एचआइभीको क्षेत्रमा काम गर्ने संस्थाको भनाइ छ । एचआइभी पिडित यहाँका महिलाले समाजको भेदभावको समेत सामना गर्नु परिरहेको एचआइभीको क्षेत्रमा काम गर्ने संस्था सिडिएफका सिद्धराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “श्रीमान्को गल्तीले सरेको रोगको सामना श्रीमतीले गर्नुपरेको छ ।” एचआइभी सङ्क्रमित भई भारतबाट घर फर्केकासमेत उपचारपछि पुनः काम गर्न भारत जाने क्रमसमेत बढेको छ ।

केही एचआइभी सङ्क्रमित एकल महिला विभिन्न संस्थाले आयोजना गरेको महिला लक्षित कार्यक्रमबाट तालीम लिएर आयआर्जनमा सक्रिय हुन थालेका छन् भने कोही समाजको डरले गाउँघरमै बसी रोग लुकाउन बाध्य भएका छन् । समग्र सुदूरपश्चिम प्रदेशमा ६ हजार ७२४ जनामा एचआइभी सङ्क्रमण रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायल राजपुरका जनस्वास्थ्य अधिकृत रमेश मलासीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म सुदूरपश्चिमभरिमा तीन हजार ७६ ले एआरटी सेवन गरिरहेका छन् । “आर्थिक वर्ष २०७४/७५ सम्मको तथ्याङ्क हेर्दा सुदूरपश्चिम प्रदेशमा ६७६ जनाले एचआइभी÷एड्सका कारण ज्यान गुमाइसकेका छन्”, जनस्वास्थ्य अधिकृत मलासीले भन्नुभयो, “यो प्रदेशमा गएको आर्थिक वर्षमा मात्रै २४७ जना नयाँ सङ्क्रमित देखिएका छन्, बर्सेनी एचआइभी रोगी बढिरहेका छन् ।” निर्देशनालयका अनुसार एचआइभी परीक्षण तथा परामर्श केन्द्र प्रदेशका २० स्थानमा स्थापना भएका छन् । एआरटी सेवन गर्नेले प्रदेशका १४ स्थानबाट सेवा प्राप्त गरिरहेको जनाइएको छ । स्थानीय सरकारले सुदूरपश्चिम प्रदेशका एचआइभी सङ्क्रमितलाई सहयोग गर्न नसकेको सङ्क्रमितहरूले गुनासो गरेका छन् ।

एचआइभी सङ्क्रमित कमला मल्लले डोटी जिल्लामा पछिल्लो समयमा खुलेर आउने एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दो भए पनि स्थानीय सरकारले कुनै ठाउँमा पनि खासै गतिलो सहयोग गरेको नदेखिएको आरोप लगाउनुभयो । स्थानीय सरकारसँग प्रस्ताव लिएर जाँदा ‘तपाईंहरु त डलरको खेती गर्नसक्ने हामी के सहयोग गर्न सक्छौँ’ भनेर उल्टै जवाफ दिने गरेको समेत उहाँले बताउनुभयो । “हामी त सङ्क्रमित भइसकेका छौँ, अब हाम्रा लागि नभए पनि हाम्रा छोराछोरीको भविष्यका लागि भए पनि स्थानीय सरकारले सोच्नुपर्छ,” उहाँले भन्नुभयो, “सरकारले सङ्क्रमितलाई बचाउन विशेष कार्यक्रम बनाउनुपर्छ ।” डोटीमा कतिपय एचआइभी सङ्क्रमित एकल महिलालाई आफू र बालबच्चा कसरी हुर्काउने भन्ने चिन्ता थपिएको छ । यहाँका एचआइभी सङ्क्रमित महिलालाई साँझ–बिहान हातमुख जोड्न धौधौ परेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com