
काठमाडौं२५ चैत, । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको माग राख्दै प्रदर्शनमा उत्रिएको राप्रपा कार्यकर्ताले सडक बन्द गर्न खोजेपछि झडप भएको हो । झडपमा राप्रपाका पूर्वअध्यक्ष एवं पूर्वमन्त्री पशुपति शम्शेर राणासहितका थुप्रै नेता कार्यकर्ता घाइते भएका छन्

राप्रपाले रत्नपार्कदेखि प्रदर्शन सुरु गरी पद्मोदय मोडमा आई कोणसभा गरेको थियो । नेताहरुले भाषण गरिरहेका बेला कार्यकर्ता सडक अवरुद्ध गर्न पुगेपछि झडप भएको हो ।
प्रदर्शनभर गाडी रोकेको प्रहरीले एकाएक सवारी आवागमन सञ्चालन गरेपछि राप्रपा अध्यक्ष कमल थापाले कार्यकर्तालाई बन्द गर्न निर्देशन दिनु भयो ।
हिन्दू राष्ट्र पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचार नियन्त्रण, बेरोजगारी समस्या समाधानलगायतका मागमा दबाब दिन राप्रपाले आज काठमाण्डौलगायत सातै प्रदेशका राजधानी, ७७ वटै जिल्ला सदरमुकाममा एक घण्टा धर्नाको कार्यक्रम तय गरेको थियो ।



















प्रतिक्रिया दिनुहोस्