
काठमाडौं,२५ चैत । मलेसियको क्वालालम्पुरमा बस दुर्घना हुदाँ दुई नेपाली सहित १३ जनाको मृत्यु भएको छ ।
आइतबार साँझ भएको दुर्घटनामा दुई नेपालीसहित १३ जनाको मृत्यु भएको हो । मलेसियाको क्वालालम्पुर अन्तर्रा्ष्ट्रिय विमानस्थलका कामदार बोकेर विमानस्थल तर्फ जाँदै गरेको बस दुर्घटनामा मुत्यु हुने नेपालीहरु बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारु रहेका छन ।
सो बसमा नेपाली, बंगलादेशी र इन्डोनेशियन कामदार चढेको बताइएको छ । घाइतेहरुको पुत्राजया, सेरडाग, वान्तिग अस्पतालमा उपचार भइरहेको छ भने, गम्भीर घाइते तीन जनाको आइसीयूमा राखेर उपचार भइरहेको बताइएको छ ।



















प्रतिक्रिया दिनुहोस्