ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवल पुगेर डा.भट्टराईले गरे आन्दोलनको आह्वान


sharan sharan
चैत्र २३, २०७५ शनिबार   १० : ०३   बजे

बुटवल, २३ चैत्र ।
नयां शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले संबिधानमा लेखिन बांकी रहेको कार्यभार पुरा गर्न नेपालमा आदिबासी जनजाती, दलित र उत्पीडीत जाती समुदायले फेरी संघर्ष गर्ने बेला आएको बताउनु भएको छ ।
नयांशक्ति सम्बद्ध मगर राष्ट्रिय परिषदको प्रथम राष्ट्रिय भेलाको आज बुटवलमा उद्घाटन गर्दै संयोजक भट्टराईले तत्कालीन माओबादी बाहेकका दलहरुले नमानेका कारण संबिधानमा कतिपय बिषयहरु अधुरो रहेको बताउंदै त्यसलाई पुर्णता दिन उत्पीडित बर्गले आन्दोलन गर्न आवश्यक रहेको बताउनु भयो ।
उहांले कांग्रेस र एमालेले सुरुमा १० प्रदेशको मोडेलमा सहमती गरेपनि संबिधान निर्माण गर्दा नमानेको आरोप लगाउनु भयो । संबिधान नै बन्न नदिने षडयन्त्रलाई चिर्न आफुहरुले ७ प्रदेशको मोडल स्विकार गरेको उहांको भनाई छ । दलहरुले १० प्रदेश सहितको मोडेल छाडेका कारण नेपालमा आदिवासी जनजातीका अधिकार गुमेको डाक्टर भट्टराईले बताउनु भयो
१० प्रदेशको मोडल अहिले पनि सान्दर्भिक रहेको भन्दै आदिबासी, जनजाती, दलित, महिला लगायतका बर्गले समावेशी मोडेलका लागि संघर्ष जारी राख्न भट्टराईले आह्वान गर्नु भयो ।
नेता भट्टराईले बिगत जनयुद्धमा मगर र थारु समुदायको सबैभन्दा बढी योगदान रहेको चर्चा गर्दै पार्टीले तीनीहरुको अधिकार खोस्न सम्झौता गरेपछि आफ्नो माओबादी पार्टीसंग मोह भंग भएको बताउनु भयो ।
उत्पीडीत र श्रमजीवी वर्गको संघर्षबाट मात्र मुक्ति सम्भव नभएको बताउंदै उहांले मुक्तिकालागि अन्य बर्गले पनि सर्वहारा र श्रमजिवी बर्गको संघर्षलाई सघाउनु पर्ने बताउनु भयो । उहांले हिजो संघर्ष गरेकाहरु यतिबेला सत्ताको चास्नीमा डुबेको आरोप लगाउंदै मुक्तिको बाटो र सत्ताको चास्नी संगै अगाडी बढ्न नसक्ने टिप्पणी गर्नुभयो ।
कार्यक्रममा बोल्दै नयांशक्तिकी महिला नेतृ हिसीला यमीले जनयुद्धमा सबैभन्दा बढी मगर र थारुहरुले योगदान गरेपनि उनीहरुलाई अधिकार नदिएर धोका दिईएको आरोप लगाउनु भयो ।
कार्यक्रममा नयांशक्ति संबद्ध बिभिन्न जनबर्गिय संगठन सहित आदीबासी जनजाती नेताहरुले भेलाको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group