ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीले भारत पुर्‍याएका तीन गैँडा फिर्ता ल्याउन कठिन


admin

चितवन, १६ चैत ।  दुई वर्षअघि बाढीले बगाएर भारत पुगेका तीन गैँडा फिर्ता ल्याउन कठिन भएको छ । विसं २०७३ साउन अन्तिम साता आएको बाढीले बगाएकामध्ये १० गैँडा उद्धार गरी ल्याइएको थियो । 

चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नदीले बगाएर ती गैँडा भारतको वाल्मिकी टाइगर रिजर्भ र डिभिजन फरेस्टमा पुगेका थिए । तत्कालै निकुञ्जले समन्वय गरी नौ गैँडा उद्धार गरेर ल्याएको थियो । त्यसको झण्डैं एक वर्षपछि नेपाल छिरेको मौका पारेर अर्को एक गैँडा उद्धार गरी निकुञ्जमा ल्याइएको थियो । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार हाल भारतीय भूमिमा रहेका भनिएका गैँडा ल्याउनका लागि केही महीनाअघि पत्रचार गरिएको भए पनि प्रतिउत्तर आएको छैन । निकुञ्जले परराष्ट्र मन्त्रालयमार्फत पनि पहल गरिरहेको छ । यद्यपि भारतीय पक्षबाट जवाफ नआएकाले गैँडा ल्याउन नपाइएको ढकालले बताउनुभयो । 

भारतीय अधिकारीहरुले तीन गैँडा रहेको जनाएपछि निकुञ्जले पहल शुरु गरेको थियो । बाढीका कारण गैँडासँगै अन्य धेरै जनावर पनि बगेर भारत पुगेका थिए । सो क्रममा साना धेरै वन्यजन्तु मरेको जनाइएको थियो । 

पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा छन् । यसै आर्थिक वर्षमा पुनः गैँडाको गणना गर्ने भनिए पनि दाताको टुङ्गो नलाग्दा गणनाको मिति तय भएको छैन । बाढीले धेरै गैँडा पश्चिमी क्षेत्रमा पु¥याएपछि प्राकृतिक कारणले मर्ने क्रम बढेर गएको छ । चालू आर्थिक वर्षको हालसम्म राष्ट्रिय वन क्षेत्रमा दुईसहित ४१ गैँडा प्राकृतिक कारणले मरिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com