
काठमाण्डौ, ५ चैत्र । बिप्लप नेतृत्वको नेकपाको गतिबिधिलाई प्रतिबन्धको घोषणा गरेको सरकारले काभ्रेमा बिप्लप समुहको कार्यकर्ता पक्राउ गर्न फायर खोलेको छ ।
आज सांझ काभ्रेको रोसी गांउपालिकामा बिप्लप समुहको कार्यकर्ता पक्राउ गर्न प्रहरीले गोलि चलाएको छ । बिप्लप सुमहका कार्यकर्ताहरुले गतिबिधि गरिरहेको सुचनाका आधारमा काभ्रे पुगेको नेपाल प्रहरीको महानगरिय अपराध महाशाखाको टोलिले गोलि चलाएको प्रहरीले पुष्टी गरेको छ । प्रहरी कारवाहिमा बिप्लप सुमहका एक जना कार्यकर्ता पक्राउ परेपनि कसैलाई गोलि नलागेको बताईएको छ । बिप्लप समुहले आजै एक बिज्ञप्ती जारी गर्दै काभ्रेका स्थानीय निकायका जनप्रतिनिधिहरुसंग राजीनामा मागेको थियो । समुहलाई प्रतिबन्ध लगाए लगत्तै देशैभर बिप्लप समुहको गतिबिधीमा प्रहरीले निगरानी बढाएको छ ।



















प्रतिक्रिया दिनुहोस्