
बुटवल, ५ चैत्र ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका नागरिकहरुले अव देखि नगरपालिका देखि निशुल्क रगत पाउने भएकाछन् । नगरपालिका भित्रका नागरिकहरु बिरामी परेर देशका कुनैपनि रक्त सञ्चार केन्द्रबाट रगत लिएपनि नगरपालिकाले रगत प्रयोग गरे बापत लाग्ने शुल्क भुक्तानी गरिदिने भएको छ ।
नगरपालिकाले आज गरेको निर्णय अनुसार नगर भित्रका सबै नागरिकहरुले आजकै मितीबाट यो सेवा पाउने भएका हुन् । नगरपालिकाको निर्णय अनुसार नेपाल भरीका कुनै पनि अस्पतालमा बिरामी भई उपचार गराउंदा रगत दिनु पर्ने भए रगत लिंदा लाग्ने तिरेको रकमको बिल नगरपालिकामा बुझाएमा त्यस्तो बिलको रकम नगरपालिकाले नगदै भुक्तानी गरिदिने छ ।
नागरिकहरुलाई स्थानीय सरकार प्रति बिश्वस्त बनाउन र स्थानीय सरकार जनताको पक्षमा रहेको प्रत्याभुत दिलाउने यस्तो निर्णय गरिएको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमीरेले बताउनु भयो ।
नेपालमा रेडक्रस लगायतबाट सञ्चालित रक्त सञ्चार केन्द्रहरुले रगत सिधै बिक्री नगरेपनि अर्को ब्यक्तिबाट रगत संकलन गरि सोध धर्ना गरे बापत ७ सय ५० देखि १ हजार सम्म शुल्क लिने गरेका छन् ।


















प्रतिक्रिया दिनुहोस्