
काठमाडौं, ५ चैत । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहमाथि प्रतिबन्ध लगाएसँगै सुरक्षा संयन्त्र कडारुपमा उत्रिएको छ । नेपाल प्रहरीको विशेष ब्युरोले विभिन्न युनिटको सहयोगमा १७ जनालाई पक्राउ गरेर हिरासतमा लिएको हो ।
नेपाल प्रहरीकाअनुसार पक्राउ पर्नेमध्ये अधिकांशलाई हाल काठमाडौं प्रहरी परिसर, टेकुको हिरासतमा राखिएको छ । ती अधिकारीका अनुसार पक्राउ पर्ने सबैभन्दा उच्च तहका नेता विप्लव समूहका पोलिब्युरो सदस्य जीवन्त भनिने मोहन कार्की छन् ।
पक्राउ पर्ने अन्यमा विप्लव समूहको जनवर्गीय संगठन किसान महासंघका अध्यक्ष राजु कार्की, विप्लवका पूर्वअंगरक्षक सूर्य भुजेल, नेता जयराम दंगाल, केदार खतिवडा, अर्जुन केसी र अर्जुन गोतामे छन् ।
त्यस्तै, रविन केसी, वीरेन्द्र नेपाली, विपीन लामा, नविन विष्ट, विमला भण्डारी, गौरी धामी, रुकमिणी पुडासैनी, उषा भुजेल, रामकुमार अधिकारी र ज्ञानेन्द्र बुढाथोकी छन् ।
पक्राउ परेका मध्ये विप्लवका पूर्वअंगरक्षक भुजेलको ११ फागुनमा एकजनाको मृत्यु र दुईजना घाइते हुने गरी नख्खुस्थित एनसेल मुख्यालयमा भएको शक्तिशाली विस्फोटमा प्रत्यक्ष संलग्नता रहेको देखिएको थियो । उनकै योजनामा ६ जना घटनास्थल पुगेर विष्फोटलाई कार्यान्वयनमा ल्याइएको अनुसन्धान अधिकारीहरुको निष्कर्ष थियो ।


















प्रतिक्रिया दिनुहोस्