काठमाडौँ, २६ चैत्र । एमालेका महासचिव शंकर पोखरेलले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको कुनै औचित्य पुष्टि हुन नसकेको बताएका छन्।
ओली र लेखक हाजिरी जमानीमा परिवारको जिम्मा लगाइएपछि गौरीबहादुर कार्की आयोगको पूर्वाग्रही प्रतिवेदनको आधारमा पक्राउ गरिएको भएपनि १० बित्दासमेत कुनै औचित्य पुष्टि हुन नसकेको बताए।
उनले भनेका छन्, ‘कार्की आयोगको प्रतिसोधी, पूर्वाग्रही र अपूर्ण प्रतिवेदनलाई आधार बनाएर गरिएको गैरकानुनी गिरफ्तारीको १० दिन बित्दा पनि औचित्य पुष्टि हुन सकेन। अन्ततः हाजिरी जमानीको सहारा लिनु पर्यो यसले धेरै प्रश्न उठाएको छ।’
उनले ओली र लेखकलाई राजनीतिक प्रतिशोध राखेर सरकारले पक्राउ गरेको दोहोर्याएका छन्।
सर्वोच्च अदालतले चैत २३ गते बेलुका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैत बिहीबारभित्र टुंग्याउन आदेश दिएको थियो ।
सर्वोच्चले बिहीबारसम्म पनि अनुसन्धान टुंगिन नसकेमा शर्तसहित छाड्न आदेश दिएको थियो ।







प्रतिक्रिया दिनुहोस्