ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बसबाट झरेर हिड्दै गर्दा त्रिशूलीमा खसेर युवक बेपत्ता


admin

चितवन, १७ असार । नारायणगढ– मुग्लिन सडक खण्डमा पैदल हिँडिरहेका एक यात्रु चिप्लिएर त्रिशूली नदीमा खस्दा बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान ११ः४५ बजे सर्लाही मदनपुर– ६ का २१ वर्षीय भिखारी चौधरी त्रिशूली नदीमा खसेर बेपत्ता हुनुभएको हो ।

सो सडक खण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका– ५ स्यालीबजारबाट चौधरी एक सय मिटर तल त्रिशूलीमा खस्नु भएको हो । सो सडकको मुग्लिनबाट २ दशमलव पाँच किलोमिटर नारायणगढ तर्फ शुक्रबार बिहानबाट पहिरो खसेर सडक अवरुद्ध भएपछि पैदल हिँड्दै आउनुभएका चौधरी त्रिशूलीमा खस्नुभएको हो ।

पोखराबाट घरतर्फ जान आउँदै गर्दा तनहँुको आँबुखैरहनीमा बसबाट झरेर हिँड्दै आउने क्रममा घटना भएको प्रहरीले जनाएको छ । पहिरो कटेर बस चढ्ने योजना बनाउनुभएका चौधरी बीचबाटोमानै त्रिशूलीमा खस्नुभएको हो । उहाँको नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजीकार्य जारी राखेको छ । सोही सडकमा थप पहिरो आएपछि भाग्ने क्रममा हिजो पनि एक जनाको त्रिशूलीमा खसेर मृत्यु भएको थियो ।

दुई घटनाका मुख्य दुई अभियुक्त पक्राउ

त्यसैगरी चितवन जिल्लामा भएका दुई महत्वपूर्ण घटनाका मुख्य अभियुक्त पक्राउ गर्न प्रहरी सफल भएको छ । गोली प्रहार गरी लुटपाट गरिएको र ठूलो परिणाममा चरेस बरामत गरिएकोमा ती दुबै घटनाको मुख्य दोषी पक्राउ गरिएको आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार भरतपुर महानगरपालिका –२५ मा शुक्रबार साउनी महतोको घरमा गोली प्रहार गरी लुटपाटमा संलग्न मुख्य अभियुक्त पर्वत पकुवा गाविस– ८ स्थायी घर भई हाल भरतपुर २७ देवौलीस्थित ससुराली घरमा बस्ने २७ वर्षीय कृष्ण शाही ठकुरीलाई प्रहरीले भारतको मुम्बईबाट यही असार १५ गते पक्राउ गरेको हो ।
यसअघि सोही घटनाका दुई अभियुक्त पक्राउ परेका थिए । फक्राउपर्नेमा नवलपरासी जिल्ला मध्यविन्दु नगरपालिका– १० अरुणखोला निवासी २१ वर्षीय लक्ष्मण परियार र सोही ठाउँका २० वर्षीय नारायण विक रहेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com