
काठमाडौं, १७ फागुन । बुधवार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनाको शव श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिएको छ ।

राति अबेरमात्र पोष्टमार्टमको काम सकिएपछि बिहान ८ बजेपछि मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको शव श्रद्धाञ्जलीको लागि टुंडिखेलमा राखिएको हो ।
श्रद्धाञ्जलीका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, मन्त्रीलगायत श्रद्धाञ्जली दिनुभएको छ । श्रद्धाञ्जली ब्यक्त गर्न विशिष्ट व्यक्ति पुगेका छन् । टुँडिखेलमा पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारण नागरिकको पनि घुईंचो छ ।


















प्रतिक्रिया दिनुहोस्