
काठमाडौं, १६ फागुन । हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको शव काठमाडौँ ल्याइएको छ।

बिहीबार ताप्लेजुङको सुकेटार विमानस्थलबाट शव लिएर आएको नेपाली सेनाको हेलिकप्टर
त्रिभूवन विमानस्थलमा अवतरण भएको थियो।

शवलाई त्रिवि शिक्षण अस्पताल राखिएको छ ।पोष्टमार्टम गरिसकेपछि श्रद्धाञ्जलीका लागि पार्थिव शरीर सैनिक मन्चमा राखिने उल्लेख छ ।


























प्रतिक्रिया दिनुहोस्