
बुटवल, १२ फागुन । बुटवलको अमरपथ स्थित प्रभु बैंकमा भिषण आगलागि भएको छ । राती अन्दाजी ९ बजेबाट सुरुभएको आगलागि ११ बजे सम्म नियन्त्रणमा आउन सकेको छैन । बैंक रहेको भवनको तल्लो तलामा रहेको होटल रोयलबाट सुरुभएको आगलागि बैंक रहेको तला सम्म फैलिएको छ । आगलागि नियन्त्रणका लागि तीन वटा दमकल र प्रहरी परिचालन भए पनि आगलागि नियन्त्रण देखि बाहिर रहेको ईलाका प्रहरी कार्यालय बुटवलका नायव प्रहरी उपरिक्षक दिलबहादुर मल्लले जानकारी दिनुभयो ।

हाेटलबाट सुरुभएकाे आगाे प्रभु बैंककाे एटीएम ,भैरव ब्याग हाउस र बिन्दवासिनी फेन्सीमा क्षति पुगेकाे छ । आगलागिबाट भएको क्षेतीको बिवरण अझै आउन सकेको छैन । आगलागि भएको स्थानबाट ५ सय मिटर दुरीमा रहेको बुटवल उपमहानगरपालिकोे दमकललाई खवर गरेको ४५ मिनेट पछि मात्र २ वटा दमकल घटना स्थल पुगेको पुगेको स्थानीयबासीले जानकारी दिएका छन् ।आगलागि हुनुको कारण समेत पत्ता नलागेको प्रहरीले जनाएको छ ।



















प्रतिक्रिया दिनुहोस्