ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिपक्षीको विरोधबीच राष्ट्रियसभा बैठक जारी


admin
माघ १७, २०७५ बिहीबार  ४ : १५ बजे

काठमाडौं,१७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसदको अवरोध भए पनि राष्ट्रियसभाको बैठक जारी छ । 

सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बैठक शुरु गर्नेबित्तिकै काङ्ग्रेसका सांसदले उठेर विरोध जनाएका थिए । अध्यक्ष तिमल्सिनाले समय दिएपछि काँग्रेस सांसद जीतेन्द्रनारायण देवले प्रमुख प्रतिपक्षको नाताले सदन चलोस् भन्ने चाहे पनि सरकार र डा गोविन्द केसीबीच गत साउन १० गते भएको सहमति किन कार्यान्वयन भएन भनी प्रश्न गर्नुभयो ।

 सरकारले विद्रोही पक्षसँग सम्झौता गरेर कार्यान्वयन गर्दैन भने यो कस्तो सरकार, पटक पटक सहमति गर्ने तर कार्यान्ययन नगर्ने ? गोविन्द केसी काङ्ग्रेस वा कम्युनिष्ट होइनन्, चिकित्सा शिक्षा सुधारका लागि मूल्यमान्यता स्थापना गर्न लाग्नुभएका व्यक्तित्व हुनुहुन्छ”, उहाँले भन्नुभयो । 

निर्मला पन्तदेखि प्रा डा केसीसम्मको प्रकरणमा सरकार निरीह बनेको आरोप सांसद देवले लगाउनुभयो । सोह्रौँ पटक सत्याग्रहमा रहनुभएका प्रा डा केसीको माग र यसअघिको सहमति वार्ताका माध्यमबाट समाधान खोज्नुपर्ने काङ्ग्रेसको मान्यता रहेको उहाँले सभामा जानकारी दिनुभयो । 

राष्ट्रियसभा परिपक्व भएकाले प्रतिनिधिसभाबाट भएका गल्ती एवं कमजोरीलाई वार्ताका माध्यमबाट विधेयक परिमार्जन गरेर पारित गर्नुपर्ने काङ्ग्रेसको अडान रहेको सांसद देवले बताउनुभयो ।

वार्ताका माध्यमबाट विधेयक परिमार्जन नभएसम्म विरोध जारी रहने भन्दै काङ्ग्रेस सांसद उठेपछि अध्यक्ष तिमल्सिनाले बस्न उहाँहरुलाई पटक पटक आग्रह गर्नुभएको थियो । प्रतिपक्षीका दलका सांसद नबसेपछि विरोधका बीच सभाको प्रक्रिया अघि बढेको छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्थमन्त्री वाग्लेको श्वेतपत्रः अर्थतन्त्रको बाह्य क्षेत्र बलियो, आन्तरिक उत्पादन र खर्च प्रणालीमा गम्भीर चुनौती (पूर्णपाठ)

नेपाल प्रहरीको इन्स्पेक्टरबाट सेवा सुरु: सशस्त्रको कमान

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

संसद् स्थगित गरेर अध्यादेशमार्फत शासन चलाउने कदम लोकतन्त्रको मर्यादाविपरीतः कांग्रेस

महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा

मंसिर ११ देखि १५ सम्म महाधिवेशन गर्ने नेकपाको निर्णय

अर्थमन्त्री वाग्लेको श्वेतपत्रः अर्थतन्त्रको बाह्य क्षेत्र बलियो, आन्तरिक उत्पादन र खर्च प्रणालीमा गम्भीर चुनौती (पूर्णपाठ)

नेकपाले गठन गर्‍यो संविधान संशोधन मस्यौदा कार्यदल

अमेरिकी विशेष दूत नेपाल आउँदै, मागे प्रधानमन्त्रीसँग भेटवार्ताको समय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com