ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिसनमा गएका सशस्त्र प्रहरीको भत्ता कटौती नहुने


admin

काठमाडौं,१६ माघ । सशस्त्र प्रहरी बल नेपालले युएनको शान्ति मिसनमा गएर फर्कने सशस्त्र प्रहरी कर्मचारीको भत्ता कटौती नगर्ने भएको छ । 

विगतमा विभिन्न प्रयोजनका लागि १५० डलर रकम कटौती हुँदै आएकामा यो वर्षदेखि व्यक्तिगत भत्ता कटौती नगर्ने व्यवस्था गरिएको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिनुभयो । 

खनालले भन्नुभयो, “यसै वर्षबाट संयुक्त राष्ट्रसङ्घको अनुरोधमा सशस्त्र प्रहरी बल नेपालबाट युएन मिसनमा सहभागी भएका सशस्त्र प्रहरी कर्मचारीले मिसनमा सहभागी भएबापत पाउने व्यक्तिगत भत्ता कट्टी गरिने छैन ।” 

यसअघि सशस्त्र प्रहरी परिवार महिलासङ्घलाई अमेरिकी डलर ३५, पूर्वसशस्त्र प्रहरी सङ्घलाई अमेरिकी डलर ३५ र खेलकूद शाखालाई ८० डलर गरी १५० डलर भत्ताबाट कटौती गरी उपलब्ध गराउँदै आएकोमा अब भने उक्त रकम कट्टी नगरी सम्बन्धित कर्मचारीले नै पाउने व्यवस्था गरिएको खनालले बताउनुभयो । 

उहाँका अनुसार सशस्त्र प्रहरीले यसै वर्षबाट नेपाल एपिएफ अस्पतालमा उपचार हुन नसकेका दीर्घरोग लागेका बहालवाला कर्मचारी, पूर्वकर्मचारी र बहालवालाका सन्ततिका लागि कम्तीमा रु ५० हजारदेखि बढीमा रु एक लाखसम्म निःशुल्क उपचार खर्च उपलब्ध गराउने व्यवस्था गरेको छ ।

गोताखोर प्रशिक्षण लिई विपद व्यवस्थापन कार्यमा साहसिक ढङ्गले विशिष्ट योगदान गर्ने सशस्त्र प्रहरी कर्मचारीका दुई सन्ततिलाई निःशुल्क अध्ययन गराउने व्यवस्थासमेत मिलाइएको छ । 

यसै वर्षबाट ७० वर्ष नाघेका पूर्वसशस्त्र प्रहरी कर्मचारीलाई वार्षिक जनही रु १२ हजार भत्ता दिने तथा बहालवाला पूर्वसशस्त्र प्रहरी कर्मचारी र उनका सन्ततिको शुभविवाहका लागि ब्याण्डबाजा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको सशस्त्र प्रहरी महानिरीक्षक खनाले जानकारी दिनुभयो । 

सङ्गठनमा कर्यरत कर्मचारी, पूर्वकर्मचारी, दुर्गम क्षेत्रका सर्वसाधारणसहितलाई लक्षित गरी यस वर्ष विभिन्न कल्याणकारी योजना ल्याइएको महानिरीक्षक खनालले बताउनुभयो ।

उहाँका अनुसार वीरगति प्राप्त प्रहरी कर्मचारीका सन्ततिलाई विपन्नता र उत्कृष्टताका आधारमा १२ कक्षामा दुई जना र दुर्गम स्थानमा बस्ने सर्वसाधारणका दुई बालबालिकालाई नेपाल एपिएफ स्कूलमा निःशुल्क अध्ययनको व्यवस्था मिलाइएको छ । 

भूकम्पले प्रभावित पूर्व सशस्त्र प्रहरीका कर्मचारीलाई राहतस्वरुप रु २४ करोड ४९ लाख ६५ हजार वितरण गरिएको तथा राहत पाउन छुट भएकालाई कल्याणकारी कोषबाट रु एक करोड ६६ लाख ७० हजार वितरण गरिएको समेत खनालले जानकारी दिनुभयो । 

रु २२ करोड बढी राजश्व सङ्कलन 

सशस्त्र प्रहरीले पछिल्लो नौ महीनामा विभिन्न मालसामान बरामद गरी रु २२ करोड ७१ लाख राजश्व सङ्कलन गरेको छ । उक्त अवधिमा नौ थान भरुवा बन्दुक, नौ थान पेस्तोल, ४६ राउण्ड गोली, १०० ग्राम बारुद, पेस्तोलमा लाग्ने म्यागेजिन छ थान बरामद गरी नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी बल प्रधान कार्यालय काठमाडौँले जनाएको छ । 

यसैगरी सो अवधिमा गाँजा चरेश ४२९ केजी, ब्राउनसुगर १६ ग्राम बरामद गरी नेपाल प्रहरीलाई बुझाएको, विपद् तथा जोखिम क्षेत्रमा फसेका चार हजार ८५ जनालाई उद्धार गरेको छ भने सोहि अवधिमा ७४७ मृतकको उद्धार तथा व्यवस्थापन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

मङ्गलबार मात्रै दुई थान पेस्तोलसहित रौतहटबाट एक जना पक्राउ गरिएको जनाइएको छ । यस्तै सशस्त्र प्रहरीका १३६ लाई विपद् व्यवस्थापन तालीम दिई दक्ष जनशक्ति उत्पादन ग

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com