ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लगानी सुनिश्चित नभएसम्म विमानस्थल वरपरको रुख नकाट्न सुझाव


admin
माघ ९, २०७५ बुधबार  ६ : ५७ बजे

काठमाडौं,९ माघ । संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको उपसमितिले लगानी सुनिश्चित भएपछि मात्रै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल वरपरको रुख कटान गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन समितिमा बुझाएको छ ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा पेश गरिएको उपसमितिको प्रतिवेदनमा लगानी सुनिश्चित भएपछि मात्रै सो  विमानस्थल वरपरको रुख कटानको काम सुरु गर्नुपर्ने उल्लेख गरिएको हो ।

सो विमानस्थल निर्माणका लागि लाखौंको संख्यामा रुख कटान गर्ने योजना अघि सारेको भन्दै स्थानीयले विरोध गरिरहेका बेला माधव नेपाल नेतृत्वको उपसमितिले लगानी सुनिश्चित नभई रुख कटानको काम अघि नबढाउन सरकारलाई सुझाव दिएको हो ।

प्रतिवेदनमा सरकारी–निजी क्षेत्रस“ग सहकार्य गरेर वैदेशिक लगानी भित्र्याउने गरी सो विमानस्थल निर्माणका लागि लगानीको मोडल तयार पार्न पनि सुझाइएको छ ।

लगानीको मोडल तयार भएपछि रुख कटान गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन समितिमा पेश गरिएको उपसमितिका संयोजक नेपालले जानकारी दिनु भयो ।

उपसमितिले सो विमानस्थलको धावनमार्ग निर्माणका लागि टांगिया बस्ती रहेको क्षेत्रनै उपयुक्त हुने निष्कर्ष निकालेको छ । राजमार्गस“ग समेत जोडिएकाले टांगिया बस्ती रहेको क्षेत्रमा नै धावन मार्ग बनाउन उपयुक्त हुने निष्कर्ष पनि निकालिएको उपसमितिका संयोजक नेपालले बताउनु भयो ।

उपसमितिले सो विमानस्थलबाट विस्थापित हुनेहरुलाई नजिकै बसोबासको उचित व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । हरेक घरपरिवारका एक जना सदस्यलाई सरकारी नोकरीको व्यवस्था गर्ने गरी विस्थापितहरुलाई नजिकैको क्षेत्रमा बसोबासको व्यवस्था गर्न उपयुक्त हुने उपसमितिको राय छ ।

संयोजक नेपालले सो विमानस्थल नजिकै स्मार्ट सिटी बनाउने सरकारको अवधारणा भने अस्विकार गरिएको बताउनुभयो । सिमरा, वीरगंजलगायतका सहर नजिकै भएकाले तत्काल स्मार्ट सिटीको आवश्यक्ता नरहेको उपसमितिले समितिमा बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उपसमितिले तयार पारेको प्रतिवेदनमा विस्तृत अध्ययन प्रतिवेदन तयार पारेर मात्रै सो विमानस्थल निर्माणको काम अघि बढाउन सरकारको गम्भिर ध्यानाकर्षण गराइएको छ । गत जेष्ठ ९ गते बसेको मन्त्रिपरिषद बैठकले सो विमानस्थल निर्माणको काम अघि बढाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको मुखमा अशान्त रौतहट: रौतहटमा सम्प्रदायिक हिंसाको इतिहास यस्तो छ

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बसबाट खसेर घाइते महिलाको उपचारको क्रममा मृत्यु

चुनाव स्थगित गराउने प्रयास हुँदैछन्, अब हुनैपर्छ : ओली

धादिङ–२ : कांग्रेसको विरासत जोगाउने र एमालेको फर्किने दाउ,

धादिङ–१ : वामपन्थीहरुको गढमा आशिकाको इन्ट्रीले रोचक बन्दै चनुावनी मैदान

चुनावको मुखमा अशान्त रौतहट: रौतहटमा सम्प्रदायिक हिंसाको इतिहास यस्तो छ

कास्की–१ मा तिलक रानाभाटको प्रतिबद्धता: “स्रोतको सदुपयोग, उत्पादनको ग्यारेन्टी र स्वाभिमानी अर्थतन्त्र”(भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com