ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्पतालको सेवालाई गुणस्तरीय बनाउन बजेटको अभाव : उपप्रधानमन्त्री यादव


admin

काठमाडौं,९ माघ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अस्पतालहरुको सेवालाई गुणस्तरीय बनाउन बजेटको अभाव रहेको बताउका छन ।

उपप्रधानमन्त्री यादवले आफूले अस्पतालहरुको सेवालाई गुणस्तरीय बनाउन प्रयास गरिरहे पनि बजेटको अभावमा त्यसमा सुधार आउन नसकेको पनि स्पष्ट पारे ।

बुधबार मन्त्रालयले गरेको कार्य प्रगति विवरणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मन्त्रालयका लागि आवश्यक बजेटको व्यवस्था गर्न अर्थ मन्त्रालयले सहयोग नगरेको गुनासो पनि गरेका छन ।

उनले अर्थ मन्त्रालयले आवश्यक्ता अनुसार बजेटको व्यवस्था गरे अस्पतालको सेवा गुणस्तरीय बनाउने कामले तीव्रता पाउने विश्वास पनि व्यक्त गरे । जनशक्तिको अभावमा पनि अस्पतालहरुको गुणस्तर वृद्धि गर्न कठिनाई भईरहेको उपप्रधानमन्त्री यादवको भनाई छ ।

सरकारले चालू आर्थिक वर्षका लागि कूल बजेटको ४ प्रतिशत बजेट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि छुट्टयाएको छ । सो बजेट तलव भत्तामै खर्च हुने भएकाले अस्पतालको सुधार गर्ने आफ्नो प्रयास असफल हुन गएको उपप्रधानमन्त्री यादवको भनाई छ ।

उपप्रधानमन्त्री यादवले अस्पतालहरुमा गुणस्तरीय सेवा दिन नसक्दा स्वास्थ्य विमा कार्यक्रम पनि प्रभावकारी हुन नसकेको स्मरण गराए ।

उनले सो कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारले सबै प्रदेशमा विशेषज्ञसहितको सेवा उपलब्ध गराउने गरी अस्पतालहरुको स्तरोन्नति गर्ने तयारी गरिरहेको पनि बताए ।

उपप्रधानमन्त्री यादवले संघीयता अनुकूल हुने गरी स्वास्थ्यसम्बन्धि कानुन निर्माणको कामलाई अघि बढाएको पनि बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटै प्रदेशमा आयुर्वेद अस्पताल स्थापनाका लागि मन्त्रीपरिषद बैठकबाट सैद्धान्तिक स्विकृति लिएको, विराटनगरस्थित कोशी अंचल अस्पताल, वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पताल, चितवनस्थित भरतपुर अस्पताल, नेपालगंजस्थित भेरी अंचल अस्पताल र डडेलधुरामा रहेको उपक्षेत्रीय अस्पताललाई विशेषज्ञ सेवासहितको टरसरी अस्पतालमा स्तरोन्नति गर्ने प्रक्रियालाई अघि बढाइएको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com