
काठमाडौं, २ माघ । प्रहरीले बर्दियामा गोली चलाएर हत्या आरोपी युवराज गिरीलाई नियन्त्रणमा लिएको छ ।
यसअघि २६ पुसमा बाँकेको कोहलपुरमा नेपाल प्रहरीको असई पदमा भर्ना हुन सुर्खेतबाट कोहलपुर पुगेका दीपकसिंह ठकुरीको विभत्स हत्या भएको थियो । घटनामा संलग्न भरत शाहीलाई प्रहरीले केहीदिन अघि सुर्खेतबाट पक्राउ गरिसकेको थियो ।
शाहीबाट गिरीको संलग्नता खुलेपछि प्रहरीले उनको खोजीलाई तीब्र बनाएको थियो । त्यसक्रममा इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रमेशबहादुर सिंह नेतृत्वको टोलीसँग उनको बर्दियामा जम्काभेट भएको थियो । र, भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो ।
प्रदेश ५ प्रहरी कार्यालयका प्रमुख डीआईजी पिताम्बर अधिकारीले उनको खुट्टामा गोली लागेको बताए । कोहलपुर टिचिङ हस्पिटल उपचार भईरहेको प्रहरीले जनाएको छ ।



















प्रतिक्रिया दिनुहोस्