ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यमनका वरिष्ट गुप्तचर अधिकारीको मृत्यु


admin
पुस २९, २०७५ आईतबार  १ : ५१ बजे

दुबई, २९ पुस । यमनका वरिष्ट गुप्तचर अधिकारी ब्रिगेडियर जनरल सालेह तमाहको हुथी विद्रोही समूहले गरेको ड्रोन आक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य अधिकारीहरुका अनुसार यमनको सबैभन्दा ठूलो हवाई अखडामा हुथी विद्रोहीले गरेको ड्रोन आक्रमणका क्रममा उहाँ गम्भीर घाइते हुनुभएको थियो ।

यमनको अल–अनन्द हवाई अखडामा सैनिक परेड भइरहेका बखत गत बिहीबार हुथी विद्रोहीले गरेको ड्रोन आक्रमणबाट गुप्तचर निकायका ब्रिगेडियर जनरल सालेह तमाहा गम्भीर घाइते हुनुभएको थियो ।

उक्त सरकार नियन्त्रित सैनिक अखडा यमनको दोस्रो ठूलो सहर एडेनबाट करिब ६० किलोमिटर उत्तरको लाहिज प्रान्तमा रहेको छ ।

स्वास्थ्य अधिकारीहरुले सख्त घाइते तमाहालाई एडेनस्थित अस्पतालमा उपचार गरिएको तर आइतबार बिहान मृत्यु भएको जनाएका छन् ।

उक्त आक्रमणबाट तमाहा समेतका सात जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका थिए । संयुक्तराष्ट्र सङ्घको पहलमा भएको युद्धबिरामलाई नै यो आक्रमणले सङ्कटमा पार्ने अनुमान गर्न थालिएको छ ।

आक्रमणमा घाइते भएकाहरुमा यमनका उपसैनिक प्रमुख सालेह अल–जन्दानी, वरिष्ट सैनिक कमान्डर फादेल हसन र लाहिजका गभर्नर अहमद अब्दुल्लाह अल–तुर्की रहनुभएको छ ।

एकजना यमेनी अधिकारीले तुर्की र जन्दानीलाई थप उपचारका लागि साउदी अरेबिया लगिएको बताएका छन् । आक्रमणप्रति राष्ट्रसङ्घले चिन्ता व्यक्त गरेको छ । राष्ट्रसङ्घले युद्धरत दुबै पक्षलाई धैर्य र संयम अपनाउन आग्रह गरेको छ ।

गत महिना स्वीडेनमा भएको वार्तामा इरान समर्थित हुथी विद्रोही र साउदी अरेबियाको गठबन्धन समर्थित यमन सरकारबीच धेरैवटा सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त सम्झौताले विगत चार वर्षदेखि यमनमा जारी गृहयुद्ध अन्त्य गर्ने विश्वास लिइएको थियो ।

युद्धरत दुबै पक्षले बन्दरगाह सहर होडेडा र तेस्रो ठूलो सहर ताइजबाट आआफ्ना सैनिक फिर्ता गर्ने सहमति जनाएका थिए ।

यमनमा जारी गृहयुद्धबाट १० हजारभन्दा बढी नागरिकको ज्यान गइसकेको छ भने लाखौं मानिस विस्थापित भएका छन् । साथै, यमनमा व्याप्त भोकमरिले मानवीय सङ्कट निम्त्याएको राष्ट्रसङ्घ समेतका विभिन्न निकायले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुई अध्यादेश ल्याउँदै सरकार, परामर्शमा राष्ट्रपति

सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सम्बन्धित

डिस्पोजेबल ओलिगार्कहरू: धनी सम्भ्रान्तहरू किन अधिनायकवादीसँगको सम्झौताप्रति पछुताउँछन्?

जो ट्रम्पको हत्या योजनासहित लस एन्जलसदेखि वासिङ्टन पुगेका थिए

चीनले आफ्नो २+२ कूटनीति मध्य एशियासम्म विस्तार गर्ने सम्भावना

ट्रम्पकालीन अपमानसँग भारतले कसरी जुध्नुपर्छ?

प्यालेस्टाइनको निर्वाचन आयोगले वेस्ट बैंक र गाजामा स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक गर्‍यो

घानाले कृत्रिम बुद्धिमत्ता विकासलाई तिब्रता दिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com