ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तर कोरिया–अमेरिका शिखर वार्ता भियतनाममा गर्न ट्रम्पको प्रस्ताव


admin

 एजेन्सी,२९ पुस । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता कीम जोङ–उनसँग आगामी फेब्रुअरी मध्यतिर दोस्रो शिखर बैठक गर्न प्रस्ताव गर्नुभएको छ । उहाँले शिखर बैठक भियतनाममा हुनसक्ने बताउनुभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

उत्तर कोरियाको आणविक निःशस्त्रीकरण कार्यक्रमलाई लिएर विवाद उत्पन्न भइरहेको सन्दर्भमा दुबै मुलुकबीच दोस्रो शिखर बैठक हुने अनुमान गरिएको थियो । यसअघि ऐतिहासिक पहिलो शिखर बैठक गत वर्ष जुनमा सिंगापुरमा भएको थियो ।

उत्तर कोरियाले अमेरिकी प्रस्तावमाथि अध्ययन गरिरहेको र त्यसप्रति औपचारिक प्रतिक्रिया दिनेक्रममा रहेको जापानको अखबार योमुरी शिम्बुनले सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार प्रकाशन गरेको छ ।

प्योङयाङ र वासिङटनबीच पहिलो शिखर बैठकमा भएका सहमतिको कार्यान्वयनलाई लिएर दुबै मुलुकबीच घनीभूत छलफलमा छन् । उक्त सहमतिमा नेता कीमले उत्तर कोरियाको सुरक्षा प्रत्याभूति भए पूर्ण आणविक निःशस्त्रीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरु फुकुवा नभएकामा उत्तर कोरियाली नेता कीमले निरन्तर असन्तुष्टी व्यक्त गरिरहनुभएको छ जबकी अमेरिकाले आणविक निःशस्त्रीकरण कार्यक्रमको पूर्ण पालना नहुँदासम्म प्रतिबन्धहरु फुकुवा नहुने अडान राखेको छ ।

ट्रम्प र कीमको दोस्रो शिखर बैठकले यी असमझदारी हटाउने र उत्तर कोरियामाथिका प्रतिबन्ध फुकुवा हुने अपेक्षा धेरैले गरेका छन् । दुबै नेताको शिखर बैठकका लागि दक्षिण पूर्वी एसियाका मुलुकहरुले तीव्र इच्छा व्यक्त गरेका छन् जसमा भियतनाम, इन्डोनेसिया र मङ्गोलिया अग्रस्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com