ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान अनुसार अध्यादेश ल्याइएको हो : मन्त्री पण्डित 


admin
पुस ११, २०७५ बुधबार  ७ : ३९ बजे

काठमाडौं,११ पुस । सङ्घीय मामिला तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानअनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न कर्मचारी समायोजन अध्यादेश, २०७५ ल्याइएको हो भन्नुभयो ।

अध्यादेशले सङ्घीयतालाई बलियो बनाउने चर्चा गर्दै उहाँले सामायोजन हुने कर्मचारीलाई भेदभाव नगरिने स्पष्ट पार्नुभयो । मन्त्री पण्डितले भन्नुभयो, “अध्यादेशले कर्मचारी वृत्तिविकासका ढोका बन्द गर्दैन ।”

संविधानको व्यवस्था र भावनाअनुरुप कर्मचारी समायोजन अध्यादेश आएको हुँदा यसले सङ्घीयता कार्यान्वनमा महत्वपूर्ण कडीको काम गर्छ उहाँले भन्नुभयो ।

कर्मचारी समायोजनका लागि आवेदन आह्वान

सरकारले आजदेखि सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनको काम शुरु गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन अध्यादेश–२०७५ अनुसार सङ्घमा रहेका कर्मचारीलाई तीन तहमा समायोजनमा जानका लागि आज आवेदनमा लागि आह्वान गरेको हो ।

मन्त्रालयका उपसचिव अनिता निरौलाले विभिन्न चार प्रकारका सूचना जारी गरी समायोजनका लागि कर्मचारीलाई फाराम भर्नका लागि आह्वान गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारी सेवाका कर्मचारीका लागि र अध्यादेश प्रारम्भ हुनुअघि सरकारी सेवामा नियुक्त भएका तर नयाँ सङ्गठन संरचना तथा दरबन्दीमा नपरेका स्थायी कर्मचारीका लागि २१ दिनसम्म, प्रदेश र स्थानीय तहमा सेवा हस्तान्तरण भएका समिति, आयोग, प्रतिष्ठान वा यस्तै प्रकृतिका सङ्गठित संस्थाका स्थायी कर्मचारीका लागि र साविक जिल्ला विकास समितिको सेवामा स्थायी नियुक्त पाई हाल जिल्ला समन्वय समिति वा कुनै स्थानीय तहमा कार्यरत कर्मचारीका लागि १५ दिनसम्म आवेदन फाराम भर्न आह्वान गरिएको छ ।

उहाँले अध्यादेशमा भएका व्यवस्था र आवेदनले माग गरेअनुसार समायोजनमा जाने कर्मचारीको नजिता प्रकाशित गरिने बताउनुभयो ।

सरकारले यसअघि स्थानीय निकायमा स्थायी भएका कर्मचारीको स्थानीय तहमा समायोजन सकेर मन्त्रालयले सङ्घमा रहेका कर्मचारीलाई तीनै तहमा समायोजनको कार्य शुरु गरेको हो ।

मन्त्रालयका सहसचिव केदारप्रसाद पनेरुका अनुसार तीन तहको सङ्गठन, संरचना र दरबन्दी स्वीकृत गरी समायोजन शुरु गरिएको छ ।
उहाँले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ जना कर्मचारी समायोजन हुने जानकारी गराउनुभयो ।

कर्मचारी समायोजन अध्यादेशमाथि प्रश्न उठान

प्रतिनिधिसभा, राज्य व्यवस्था समितिको आजको बैठकमा अधिकांश सदस्यले कर्मचारी समायोजन अध्यादेश २०७५ जारी गर्नुपर्नाका औचित्यमाथि प्रश्न उठान गर्नुभएको छ ।

संसद् अधिवेशनको मुखमा अध्यादेश के कारणले जारी गर्नुप¥यो भन्ने प्रश्न गर्दै उहाँहरुले केन्द्रिकृत मानसिकताबाट अध्यादेश जारी भएको टिप्पणी गर्नुभयो ।

संविधानको धारा ३०२ अनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारले मङ्सिर २३ गते सो अध्यादेश जारी गरेको थियो ।

नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कर्मचारी समायोजन प्रक्रिया नयाँ विषय भएकाले दूरदर्शीरुपमा संविधानको भावनाअनुरुप समायोजन गरिनुपर्छ भन्नुभयो ।

उहाँले कर्मचारी समायोजनले सङ्घीयत कार्यान्वयनमा अह्म भूमिका निर्वाह गर्ने चर्चा गर्दै समायोजनले सिंहदरबारको अधिकार जनताको घर आँगनसम्म पुग्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

समितिका सदस्य पम्फा भुसालले कर्मचारी समायोजन अध्यादेश केन्द्रिकृत मानसिकताबाट आएको उल्लेख गर्दै प्रदेश र स्थानीय तह स्वायत्त सरकार हुन भन्ने कुरालाई अध्यादेशले बिर्सेको छ भन्नुभयो ।

समितिका सदस्य रेखा शर्माले समायोजन भएपछि वृत्तिविकास रोकिन्छ भन्ने कर्मचारीका गुनासोतर्फ समयमै सरकारले सम्बोधन गर्नुपर्छ भन्नुभयो ।

समितिका सदस्य यशोदा गुरुङ सुवेदीले संसद् अधिवेशनको मुखमा अध्यादेश के कारणले जारी गर्नुप¥यो भन्ने प्रश्न गर्दै समायोजन प्रक्रियालाई सरलीकृत बनाउन आग्रह गर्नुभयो ।

समितिका अर्का सदस्य प्रेम सुवालले संविधानको मर्मविपरीत सरकारले अध्यादेश जारी गरेको चर्चा गर्दै स्वतःबढुवा राख्न नहुने सुझाव दिनुभयो ।

यसैगरी सदस्य दीलेन्द्र बडू र डिला सङ्ग्रौलाले संसद्लाई छलेर जारी भएको अध्यादेशले कर्मचारीका भावना र मागलाई सम्बोधन गर्न नसक्ने धारणा राख्नुभयो । समितिका सदस्य अमरेशकुमार सिंह र बृजेशकुमार गुप्ताले कर्मचारी समायोजन गर्दा योग्यता र दक्षतालाई ध्यान दिन सुझाव दिनुभयो ।

समितिका सदस्य नवराज सिलवालले कर्मचारी समायोजन ऐन २०७४ के करणले असफल भयो र अध्यादेशको आवश्यकता प¥यो भन्ने प्रश्न गर्नुभयो ।

सङ्घीय मामिला तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सङ्घीता कार्यान्वयन गर्न कर्मचारी समायोजन अध्यादेश आएको हो भन्नुभयो । अध्यादेशमा स्वतः बढुवाको प्रावधान नरहेको, कर्मचारीका वृत्तिविकास नरोकिने तथा प्रदेश र स्थानीय तहका अधिकार नखोस्ने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

अमेरिकामा हिमपातले ५ हजारभन्दा बढी उडान रद्द, लाखौं प्रभावित

हाम्रो नेतृत्वमा शैक्षिक र प्रविधिक हब बन्दैछ दाङ– महासचिव पोखरेल

उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना

बैतडीमा एक महिना अवधिमा ३ निर्वाचन प्रहरीको मृत्यु

कांग्रेस सभापति थापाले सार्वजनिक गरे सर्लाही ४ का लागि आफ्नो प्रतिज्ञा पत्र (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com