
काठमाडौं,११ पुस । प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर देउवाले सरकारले नै अपराधिलाई बचाउन लागि परेको आरोप लगाउनुभएको छ ।
संघीय संसदको हिउँदे अधिवेशनको पहिलो बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता देउवाले शान्ति सुरक्षा दिन असफल रहेको सरकार स्वयम निर्मला पन्तको हत्यारालाई बचाउन लागिपरेको दाबी गर्नुभएको हो ।
सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पछि बोलेका नेता देउवाले शान्ति सुरक्षा दिने प्रमुख दायित्व र जिम्मेवारी पुरा गर्न असक्षम रहेको सरकारले काम गर्यो भन्न नमिल्ने तर्क गर्नुभयो ।
उहाँले भन्नुभयो“सरकार कहा छ ? सर्वसाधरणलाई शान्ति सुरक्षा र न्याय दिन नसक्ने सरकार कहाँ छ ?सरकार नै छैन जस्तो भईसकेको छ ।”
संघीयता सम्बन्धी कानुन अझै बन्न नसकेको भन्दै उहाँले मुलुकमा संघीयता छ कि छैन भन्ने प्रश्न उब्जिएको टिप्पणी गर्नुभयो ।
मधेसका मुद्धालाई सम्बोधन गर्दे संविधान संसोधन गर्ने तथा डाक्टर गोविन्द केसीको माग पुरा गर्न गरेको प्रतिवद्धता सरकारले कार्यान्वय नगरेको भन्दै उहाँले यसबाट सरकार सम्झौता गर्छ कार्यान्वयन गर्देन भन्ने सन्देश प्रवाह भएको दाबी गर्नुभयो ।
उहाँले सामाजिक सुरक्षा योजना, अमेरिकाको एमसीसी परियोजनाको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले गरेको कामलाई आफुले गरेको भनी झुटो प्रचार गरेको दाबी गर्नुभयो ।
उहाँले कर्मचारीलाई आतंकित पार्ने गरि सरकारले कर्मचारी समायोजन अध्यादेश ल्याएको भन्दै त्यसको विरोध गर्नुभयो । सरकारले कर्मचारीको वृद्धि विकास रोकेर नोकर जस्तो बनाएको आरोप उहाँले लगाउनुभयो ।



















प्रतिक्रिया दिनुहोस्