बुटवल,११ पुस । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई विश्वास गर्न आग्रह गर्नुभयो । धेरै अनुसन्धानमा नेपाल प्रहरी सफल भएको स्मरण गराउदै उहाले एकाध घटनालाइ लिएर प्रहरीलाइ नकारात्मक टीप्पणी नगर्न आग्रह गर्नुभयो ।
बुटवलको दीप बोर्डिङ स्कूलमा आयोजित समुदाय प्रहरी साझेदारी कार्यक्रममा बोल्दै खनालले कञ्चनपुरकी निर्मला पन्तको हत्या अनुसन्धानका लागि चारवटा विज्ञ टोलीले खटिएको बताउनुभयो । उक्त घटनाको अनुसन्धान जारी राखेकाले दोषी पत्ता लाग्न अझै केही समय लाग्ने बताउनुभयो ।
लैंगिक हिंसा लगायत आपराधिक घटनामध्ये ९७.५ प्रतिशत घटनामा प्रहरी सफल भएपनि निर्मला पन्त लगायत थोरै घटनामा मात्र सफलता नमिलेकाले प्रहरीमाथि अविश्वास बढेको उहाले स्वीकार गर्नुभयो ।
कार्यक्रममा प्रदेश ५ का प्रहरी प्रमुख डिआइजी पिताम्बर अधिकारी,इलाका बुटवलका प्रमुख डिएसपी डिलबहादुर मल्ल, दीप बोर्डिङ स्कूलका प्राचार्य टीकाराम अर्याल लगायतले बोल्नुभएको थियो ।



















प्रतिक्रिया दिनुहोस्