
काठमाडौं,११ पुस । सत्तारुढ नेकपा कम्यनिष्ट पार्टी (नेकपा)ले संघीय संसदको हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बुधबार बसेको बैठकले हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन पार्टीका सांसदहरुलाई निर्देशन दिएको हो ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकमा पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता प्रधानमन्त्री केपी ओलीले हिउँदे अधिवेशनमा थुप्रै कानुन पारित गर्नुपर्ने भन्दै त्यसका लागि आवश्यक तयारी गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनु भयो ।
प्रधानमन्त्री ओली र पार्टीका अध्यक्ष पुष्पकमल दाहालले हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन पार्टीका राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसदहरुलाई निर्देशन दिनु भएको पार्टी संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिनु भयो ।
बुधबारबाट सुरु भएको संघीय संसदको हिउँदे अधिवेशनमा संविधानसँग बाँझिएका सबै कानुन पारित गरी सक्ने सरकारको योजना छ । सोही योजनालाई पूरा गर्न कानुन निर्माणको कामलाई अघि बढाउन आवश्यक सहयोग गर्न सत्तारुढ नेकपाका सांसदहरुलाई प्रधानमन्त्री ओलीले निर्देशन दिनु भएको हो ।



















प्रतिक्रिया दिनुहोस्