ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकारलाई सभामुख महराले गरे यस्तो आग्रह


admin
पुस ११, २०७५ बुधबार  ३ : ०० बजे

काठमाडौं,११ पुस । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रतिपक्षको जस्तो व्यवहार नगर्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ ।

सभामुख महराले देश र जनताको पक्षमा दृढतापूर्वक उभिदै संसद र संसदीय गतिविधिलाई जनता माझ पु¥याई दिन पनि पत्रकारहरुलाई पटक–पटक आग्रह गर्नु भयो ।

बुधबार संसदीय मामिला पत्रकार समाजको नयाँ कार्य समितिलाई पद हस्तान्तरणका लागि सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उहाँले जनताको सार्वभौम अधिकार प्रयोग गर्ने उच्चतम थलोको रुपमा रहेको संघीय संसदको सबै गतिविधिलाई जनतामाझ संचार गराउन पनि संसदीय मामिला पत्रकार समाज सफल हुने विश्वास व्यक्त गर्नु भयो ।

त्यस अवसरमा सभामुख महराले संघीय संसदमा जनताको प्रतिनिधिहरुलाई सार्थक छलफल गराउन आफू प्रतिवद्ध रहेकोे पनि स्पष्ट पार्नु भयो । उहाँले संसदको काम कार्वाहीलाई सार्थक बनाउन रचनात्मक सहयोग गर्न पनि संसदीय मामिला पत्रकार समाजका नयाँ नेतृत्वको ध्यानाकर्षण गराउनु भयो ।

कार्यक्रममा बोल्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको विश्वास बढाउने दायित्व पूरा गर्ने काममा साथ पनि पत्रकारहरुलाई आग्रह गर्नु भयो । उहाँले संवैधानिक व्यवस्था अनुसार कानुनहरुको निर्माण तथा संशोधनको काम अघि बढने भएकाले त्यसमा पत्रकारहरुको ठूलो सहयोगको अपेक्षा गरिएको पनि बताउनु भयो ।

अध्यक्ष तिमिल्सिनाले संघीय संसदको हिउँदे अधिवेशनमा विधिसम्मत ढंगले पर्याप्त छलफल गरेर नयाँ कानुन निर्माणको कामलाई अघि बढाउने योजना पनि सुनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

अमेरिकामा हिमपातले ५ हजारभन्दा बढी उडान रद्द, लाखौं प्रभावित

हाम्रो नेतृत्वमा शैक्षिक र प्रविधिक हब बन्दैछ दाङ– महासचिव पोखरेल

उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना

बैतडीमा एक महिना अवधिमा ३ निर्वाचन प्रहरीको मृत्यु

कांग्रेस सभापति थापाले सार्वजनिक गरे सर्लाही ४ का लागि आफ्नो प्रतिज्ञा पत्र (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com